इटहरी उद्योग वाणिज्य संघ निर्वाचन २०८३ : महेश थापा सहित साझा समूहको चुनावी अभियान तीव्र

  • प्रकाशित मितिः असार २६, २०८३
  • 167 पटक पढिएको
  • जीवन फुयाल

इटहरी उद्योग वाणिज्य संघको निर्वाचन २०८३ नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। उद्योगी–व्यवसायीको हकहित, व्यवसायिक वातावरणको विकास तथा संस्थागत सुधारलाई मुख्य एजेन्डा बनाउँदै साझा समूहका उम्मेदवारहरू मतदातामाझ पुगेका छन्।

वाणिज्य सदस्य पदका उम्मेदवार महेश थापा साझा समूहका सक्रिय र अनुभवी व्यवसायीका रूपमा परिचित छन्। आयुर्वेदिक स्वास्थ्य सेवाको क्षेत्रमा लामो समयदेखि क्रियाशील थापाले इटहरी, दमक, धरान तथा कालाबन्जरमा होम्ताङ आयुर्वेद उपचार क्लिनिक सञ्चालन गर्दै आएका छन्। स्वास्थ्य सेवा र उद्यमशीलताको क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको व्यवसायीहरूको भनाइ छ।

महेश थापा हाल आयुर्वेद स्वास्थ्य क्लिनिक समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत हुन्। विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा आबद्ध रहँदै आएका उनले उद्योगी–व्यवसायीका समस्या समाधान, व्यवसाय विस्तार र संस्थाको प्रभावकारी सञ्चालनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

साझा समूहले यसपटक उद्योग वाणिज्य संघलाई थप पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको टोलीले उद्योगी तथा व्यवसायीका हक, अधिकार र सम्मानका लागि निरन्तर काम गर्ने विश्वास दिलाएको छ।

निर्वाचन अभियानका क्रममा साझा समूहका उम्मेदवारहरूले इटहरीका विभिन्न व्यापारिक क्षेत्र तथा बजारमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। व्यवसायीको समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्दै उनीहरूले आफ्नो योजना र प्रतिबद्धताबारे जानकारी गराइरहेका छन्।

वाणिज्य सदस्यका उम्मेदवार महेश थापाले उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा संस्था भएकाले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवसायीको हितलाई केन्द्रमा राखेर संस्थालाई अझ बलियो र प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।

असार २७ गते हुने निर्वाचनमा साझा समूहले अत्यधिक मतका साथ विजय हासिल गर्ने दाबी गरेको छ। अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले तथा वाणिज्य सदस्यका उम्मेदवार महेश थापासहित सम्पूर्ण साझा समूहका उम्मेदवारलाई विजयी गराउन उद्योगी–व्यवसायीसमक्ष आग्रह गरिएको छ।

उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि हुने यस निर्वाचनलाई इटहरीका व्यवसायीहरूले विशेष चासोका साथ हेरिरहेका छन्। व्यवसायिक अधिकार, संस्थागत सुधार र उद्योग–व्यापारको विकासका एजेन्डाले चुनावी माहोल थप रोचक बनेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved