मन्दिरकै मुर्ति निर्माणमा घोटलाको दाबी,दाबी गर्नेलाई कुटपिटको धम्की

  • प्रकाशित मितिः साउन ६, २०८३
  • 130 पटक पढिएको
  • जीवन फुयाल

पौवादुङ्मा /पौवादुङ्मा गाउँपालिकाबाट बजेट बिनियोजन भइ पञ्चकन्या देवी मन्दिर निर्माण समितिद्वारा गरिएको ढुंगाको गाईको मुर्ति खरिद प्रक्रियामा अनियमितता भएको हुनसक्नेबारे उठेका तर्कहरुले स्थानीय माहोल पुरै तातेको छ। स्थानीय सार्बजनिक सम्पत्ति खरिद प्रक्रियाबारे केही चासो र
मुर्तिबारे चलेको बहसबारेमा यथार्थ बुझ्न निर्माण समिति भित्रका ब्यक्ति सन्तोष कोइरालाले फेसबुक पेजमा राखेको मञ्जुल मूर्तिकला केन्द्रको मोबाइल नम्बरमा समय अनलाइनले पटकपटक फोन गर्दा उक्त नम्बरमा फोन स्वीच अफ बतायो सम्पर्क हुन सकेन । पञ्चकन्या देवीको मुर्ति खरिद गर्ने बिषयमा भ्रष्टाचार भयोहोला भन्नु अकल्पनीय बिषय भएतापनी निम्न बिषयले भने खरिद प्रक्रियामा शंका उत्पन्न गराएको दाबी केही स्थानीयले गरेका छन :-
- मन्दिर निर्माण समिति बन्नुपुर्ब नै अन्य ब्यक्तिद्वारा मुर्तिको अर्डर भैसकेको भन्नेबारे चर्चा चल्नु र मुर्ति बन्ने समय समिती बनेको समय र मुर्ती आयात भएको समयको तालमेल नमिल्नु।
-निर्माण समितिले शिलबन्दी कोटेसनद्वारा मुर्ति खरिद गरेको भने तापनि खरिदका लागि गरिएको उक्त सुचना र सप्लायर्सहरुको कोटेसन मध्येबाट स्विकृत कम्पनी र कोटेसन दररेटबारे कतै सुचना प्रकाशित भएको जानकारी प्राप्त नहुनु।
-हाल अन्य केही मूर्तिकला केन्द्रहरुमा उक्त साइज ,आकार र प्रकारको मुर्तिको दररेटबारे बुझ्दा अत्यधिक मुल्यको फरक पर्नु ।
यसरी मुर्ती खरिद प्रक्रियामा अनियमितता भएको शंका गर्ने प्रशस्त आधार भएकोले सोबारेमा आबाज बुलन्द गरेकै आधारमा एमाले-काङ्ग्रेस निकट केही ब्यक्तिहरुले स्थानीय रमेश निरौला खत्रीलाई कुटपिट तथा ज्यानमार्ने धम्की दिएको,मानसिक तनाब साथै नैतिक चरीत्रमा आँच आउने किसिमका गालिगलौज दिएको पीडित रमेश निरौला खत्रीले समय अनलाइनलाई बताएका छन। गाउँपालिकाले भने प्रक्रियाकै आधारमा १२५०००० मुल्यमा मुर्ति खरिद गरेको प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved