इटहरी । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा इटहरीमा ‘नरबहादुर कर्माचार्य स्मृति पुस्तकालय’ शुभारम्भ गरिएको छ। निमल बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार लेखनाथ घिमिरेसहित साहित्य तथा समाजका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा साहित्यकार घिमिरेले पुस्तकालय ज्ञान, चेतना र सिर्जनशीलताको महत्वपूर्ण केन्द्र भएको बताउँदै नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न पुस्तकालयको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
कार्यक्रमका सहभागीहरूले पुस्तकालयलाई साहित्य, शिक्षा, इतिहास तथा सामाजिक विषयका पुस्तकहरू उपलब्ध हुने अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। पुस्तकालयलाई आगामी दिनमा थप व्यवस्थित गर्दै पाठकको आवश्यकता अनुसार नयाँ पुस्तक तथा अध्ययन सामग्री थप गर्दै लैजाने बताइएको छ।
स्थानीयस्तरमा पठन संस्कृतिको विकास र साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको पुस्तकालयले विद्यार्थी, साहित्यकार, शिक्षक तथा अध्ययन–अनुसन्धानमा रुचि राख्ने सबैलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved