१ लाख युवालाई रोजगारी दिने सरकारको तयारी !

  • प्रकाशित मितिः असार २५, २०७५
  • 779 पटक पढिएको
  • Mausam

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी वर्षमा कम्तीमा १ लाख युवालाई रोजगारी दिने गरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने बताएका छन् । 

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत रहेर रोजगारीको अवसरलाई आधारभुत तह सम्म पहुँच पुर्याउने गरि आन्तरिक रोजगारी श्रृजना गर्ने कार्यक्रम निर्माण भइरहेको बताएका हुन् । 

उनले खानेपानी, कृषि, उर्जा लगायत विभिन्न मन्त्रालयसंग समन्वयात्मक भूमिका मार्फत मन्त्रालयले रोजगारी श्रृजना गर्ने तयारी गरिरहेको र केही दिन भित्रै ७ सय ५३ वटै स्थानीय सरकारमा रोजगारी श्रृजना गरिने व्यवस्थित कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए । 

उनले  ७५३ वटै स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना गरि आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरि सरकारले कार्य प्रारम्भ गरिसकेको बताए । 

त्यसैगरी उनले विप्रेषणलाई बैकिङ प्रणालीबाट भित्र्याउने,बैदेशिक रोजगारीमा जाने युवालाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने तर्फ सरकार सचेत रहेको बताए । 
उनले बैदेशिक रोजगारीको क्षेत्रमा देखिएको विकृति, विसंगति र विडम्बनापूर्ण प्रवृत्तिको अन्त्य गर्ने प्रतिवद्धता जनाए । वैदेशिक रोजगारीका क्रममा हुने ठगीलाई सरकारले तमासे भएर हेरेर नबस्ने भन्दै उनले गैहकानुनी कार्यमा संलग्न संस्थालाई अध्ययन अनुसन्धानपछि कारवाहीको दायरामा ल्याईने बताए । 

रोजगार दाता र श्रमिकबीचको असल सम्बन्ध र देश भित्रको रोजगारीमा आकर्षण बढाउनका लागि श्रावण १ गते देखि लागु हुने गरि श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गरिने बताए । 

बैदेशिक रोजगारीका क्रममा मृत्यु भएकालाई समयमै स्वदेश फर्काउनका लागि ती मुलुकका कानुनले केही अप्ठ्यारो भएपनि अबिलम्ब शब नेपाल ल्याउने व्यवस्था मिलाउनका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए । 

उनले  मन्त्रालय अन्र्तगत कम्तिमा डेढदर्जन सुधारका कामहरु अघि बढीरहेको भन्दै गैह् कानुनी धन्दाका काम रोक्न सरकार पछि नहट्ने स्पष्ट पारे । उनले भने, ‘वेथितिको राजलाई साक्षी बसेर सरकारले टुलुटुलु हेरेर बस्दैन । बस्न सक्दैन ।’

दुई देशबीचको श्रम सम्झौताबिना घरेलु कामदार पठाउन नपाईने नियमलाई कायमै राख्ने प्रतिवद्धता पनि जनाए ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved