इनरुवा नगरपालिकाको १५ औँ महाधिवेशनको सरगर्मी बढेसँगै सुनसरी क्षेत्र नं. २ मा क्षेत्रीय सभापतिका लागि सुमन थापाले आफ्नो दर्बिलो दावेदारी प्रस्तुत गरेका छन्।
सुनसरी जिल्लामा पार्टीको वडा अधिवेशन सकिएसँगै इनरुवा नगरपालिकाका ८ का निर्वतमान वडा सभापतिसमेत रहेका थापाले वडा तहमा क्षेत्रीय प्रतिनिधिदेखि लिएर सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत गरेर क्षेत्रीय सभापति पदमा आफूलाई उभ्याएका छन्।
इनरुवा नगरपालिकाका प्रवक्तासमेत रहेका थापा सुनसरीको क्षेत्र नं. २ का कांग्रेसजनका लागि लोकप्रिय नेताका रूपमा पनि चिनिँदै आएका छन्। क्षेत्र नं. २ इटहरीदेखि दक्षिणतर्फ भारतसँग सीमा जोडिएको भूभागसँग जोडिने हुनाले पनि क्षेत्रीय सभापति हुनका लागि जो–कसैलाई त्यति सजिलो क्षेत्र भने मानिँदैन।
तर, थापा भने इटहरीदेखि दक्षिण सबै क्षेत्रमा कांग्रेसजन कार्यकर्ताका मनमनमा बस्न सफल नेताका रूपमा चिनिँदै आएका इनरुवाका धनराज मौची बताउँछन्।
अघिल्लो १४ औँ महाधिवेशनमा पनि थापाले आफूलाई क्षेत्रीय सभापतिमा नै उभ्याएका थिए तर पार्टीको निर्देशनबमोजिम उनी पछि हटेका थिए।
जो कोही बिरामी पर्दा होस् कि जो कसैलाई अप्ठ्यारो पर्दा थापा अग्रपंक्तिमा रहेर उभिने नेता भएका कारण पनि कांग्रेसजन कार्यकर्ताहरूले थापालाई नै रोज्ने गरेको कांग्रेसीहरू नै बताउँछन्।
उता नेता थापा भने पार्टीले आफूलाई योग्य ठानी जहाँसुकै उठ भने पनि तयार रहेको तर आफ्नो इच्छा चाहिँ क्षेत्रीय सभापतिमा नै रहेको स्वीकार गर्छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved