काभ्रेपलाञ्चोक,१६ कार्तिक । राष्ट्रिय कम्युनिष्ट पार्टीका महासचिव,तामाङ फाउण्डेशन नेपालका अध्यक्ष रोशी डिजिटल प्रा.लि.का अध्यक्ष/प्रबन्ध निर्देशक चलचित्र निर्देशक/निर्माता अरुण घिसिङ लाई मातृशोक परेको छ। उहाँकी ममतामयी आमा ठुली दोङ तामाङको ८० वर्षको उमेरमा आज विहान १ बजेको समयमा निधन भएको हो।
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–८ टेकानपुर निवासी ठुली दोङ तामाङका ४ छोराहरु रोज बहादुर घिसिङ, तेज बहादुर घिसिङ, जय बहादुर घिसिङ, अरुण घिसिङ र ५ छोरीहरु माया घिसिङ, सञ्चमाया घिसिङ, सन्जिता घिसिङ, रन्जिता घिसिङ र विष्णु माया घिसिङ हुनुहुन्छ।
ठुली दोङ तामाङको निधनप्रति राष्ट्रिय कम्युनिष्ट पार्टीले शोक व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीले शोकसन्तप्त छोरा, छोरी, परिवारजन, आफन्त तथा इष्टमित्रप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश हमालद्वारा जारी शोक विज्ञप्तिमा शोकाकुल परिवारजनलाई यस अपूरणीय क्षति सहन गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved