इटहरी । अन्तर्वार्ता र भाषणहरुमा सधै अरुलाई हँसाउने प्रधानमन्त्री केपी ओली एउटा अन्तर्वार्ताको क्रममा रोएका छन् ।
फेसबुकमा कार्यक्रमको प्रोमो सार्वजनिक गरिएको छ । जसमा प्रश्नकर्ताले राखेको प्रश्नमा ओली रोएका छन् । कार्यक्रमको बिचमा टेलिभिजन स्क्रिनमा महिलाको फोटो हेरेपछि ओली भावुक बनेका थिए ।
‘गाह्रो गरी बाँचेका छन् है ?’ भन्ने प्रश्नको उत्तर दिने क्रममा ओली भावुक बने । उनी केहीबेर केही बोल्न सकेनन् । १७ सेकेण्ड मौन रहे, भुई तिर हेरे, खोके ।
अनि गाह्रो छ अवस्था भन्दै प्रश्नकर्तातिर हेरेर भित्तामा टाँगिएको टेलिभिजनतिर हेरे । अनि एकछिन तल हेरेर गोजीबाट रुमाल झिकेर आँशु पुछेर सहज बन्ने प्रयास गरेका थिए ।
सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम जस्तै हेल्लो प्रधानमन्त्री कार्यक्रममा उनी रोएका हुन् । विभिन्न टेलिभिजनहरुबाट चाँडै प्रशारण हुन लागेको उक्त कार्यक्रम कथा नेपालले तयार गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved