आगेजुङ गुम्बा : लामाको अभाव हुँदा भारतबाट ल्याउनुपर्ने

  • प्रकाशित मितिः असार २६, २०७५
  • 1759 पटक पढिएको
  • Mausam

द्वन्द्वकालको समयमा अध्यापन रोकिएको पाँचथरको साङछ्यो आगेजुङ गुम्बामा अझै पढाइ शुरु भएन, लामाको अभाव हुँदा भारतबाट ल्याउनुपर्ने बाध्यता । पाँचथरको साङछ्यो आगेजुङ गुम्बा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । २०१५ सालमा लामा दोर्जे लाङ्ठोलले स्थापना गरेको आगेजुङ गुम्बा २०१८ सालबाट औपचारिक रुपमा लामा उत्पादन शुरु भएको थियो । यही गुम्बाबाट हजारौं लामाले वौद्ध धर्म र दर्शनको शिक्षा लिएका थिए । पाँचथरको फालेलुङ, याङवरक र हिलिहाङ गाँउपालिकाको संगम स्थलमा पर्ने आगेजुङ गुम्बा प्रचारको अभावमा ओझेलमा परेको छ । २०१५ मा गुम्बाको स्थापना गरेका दोर्जे लाङ्ठोलको २०४९ सालमा देवाहसान भएपछि उनका छोरा लामा तेन्जिङ शेर्पाले दैनिक पूजा पाठ गर्दै आएका छन् । २०१८ सालबाट लामा उत्पादन गर्दै आएको गुम्बामा द्वन्द्वकालपछि लामा शिक्षा अध्यापन रोकिएको छ । ३५ रोपनी क्षेत्रमा फैलिएको गुम्बा परिसरसम्म हिलिहाङ गाउँपालिकाले बाटोको ट्याक खोलि दिएपछि गुम्बामा आउनेहरुलाई केही राहत मिलेको छ । व्यक्तिगत लगानीबाट शुरु भएको यो गुम्बाको संरक्षणमा सरकारले सहयोग गरेपनि त्यो पर्याप्त नरहेको व्यावस्थापन समितिले जनाएको छ । बौद्ध धर्मावलम्बीको विशेष चाडपर्वमा यस गुम्बामा देश विदेशका हजारौँ लामा तथा श्रद्धालु जम्मा हुने गरेका छन् । तर, यस गुम्बामा खानपानीको चरम अभाव छ । लामा शिक्षा अध्ययनका लागि पूर्वाधार तयार गर्न स्थानीय तहहरुले विशेष कार्यक्रम ल्याउनु पर्ने शेर्पाहरुले माग गरेका छन् । द्वन्द्वमा बौद्ध शिक्षा बन्द भएपछि पूर्वमा लामाहरूको अभाव हुन थालेको छ । लामा नहुँदा भारतको दार्जि्लिङबाट लामाहरु ल्याएर वौद्ध धर्मावलम्बीले आफ्ना परम्परागत कार्यहरु गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved