यी अंगहरुलाई निरन्तर छुने गर्दा आउने गर्छ स्वास्थ्यमा समस्या

  • प्रकाशित मितिः असार २७, २०७५
  • 1172 पटक पढिएको
  • Mausam

हामी हाम्रो हात हाम्रो शरीरको विभिन्न भागहरुमा लागिरहेको हुन्छौं । यसरि शरीरको विभिन्न भागहरुमा हात लाग्दा हातमा रहेका विभिन्न खालका ब्याक्तेरियाहरु शरीरका अन्य भागहरुमा सर्ने गर्छन् । यसले गर्दा शरीरका विभिन्न भागहरुमा संक्रमण हुने गर्छ । कतिपय भागहरुमा बारम्बार छुने गरेमा स्वास्थ्यमा समस्या आउने गर्छन् । त्यसैले हामीले हाम्रो हात चलाईलाई नियन्त्रणमा राख्नु पर्छ ।

यस्ता भागमा बारम्बार छुँदा स्वास्थ्यमा समस्या आउने गर्छ :

१) औंलामा ब्याक्टेरिया : केही मानिस बारम्बार हातले आँखा मिचिरहेका हुन्छन् । यसो गर्दा आँखाभित्र ब्याक्टेरिया छिर्छन् । यी ब्याक्टेरियाका कारण आँखा चिलाउने, पोल्ने र पानी निस्कने समस्या आउँछ ।

२) डण्डीफोर चलाउने : अनुहारमा डण्डीफोर आउनु सामान्य कुरा हो । तर केही मानिस डण्डीफोरमा बारम्बार हात पु–याइरहेका हुन्छन् । डण्डीफोर छुँदा ब्याक्टेरिया अनुहारको अन्य भागमा पुग्छन् । अनि ती भागमा फोकाफोकी आउँछन् । फोकाफोकी छोइरहँदा डण्डीफोर चर्किरहन्छ ।

३) मुख : खाना खाँदा कहिलेकाहीँ केही कुरा अड्किएमा केही मानिस मुखभित्र औंला घुसाएर निकालिरहेका भेटिन्छन् । यो बानीका कारण हातका ब्याक्टेरियाहरू मुखभित्र पुग्छन् अनि मुखका चाहिँ हातमा आइपुग्छन् । यसरी ब्याक्टेरिया साटिँदा मुखका लागि खतरनाक हुन्छ । यसो गर्दा मुख गनाउने, दाँतमा पीडा हुने र सड्न थाल्ने समस्या आउँछ ।

४) नाक : नाकमा औंला घुसाउँदा ब्याक्टेरिया हातमा टाँसिन्छ । अनि हातको ब्याक्टेरिया नाकमा पस्छन् । नाकमा कीटाणु पस्दा सास फेर्न समस्या र फोक्सोको रोग लाग्ने सम्भावना हुन्छ । फोहोरी हात साबुनपानीले धुने गर्नुस् ।

५) नङ : केही मानिस नङ चपाएर बस्छन् । यसो गर्दा फोहोरी ब्याक्टेरिया पेटमा पुग्छ । कीटाणु पेटमा पुग्दा पाचनसम्बन्धी समस्या आइलाग्छ । हप्तामा एकचोटि अवश्य नङ काट्ने गर्नुस् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved