पृर्वमा रगत अभाव , सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा आकस्मीक रक्तदान

  • प्रकाशित मितिः श्रावण २, २०७५
  • 1159 पटक पढिएको
  • समय अनलाइन

पृर्वमा मुख्य उपचार केन्द्रका रुपमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत अभाव देखिएको छ । धरान स्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव देखिएको हो । चर्को गर्मीका कारण संस्थागत रक्तदानमा कमी आएपछि रगतको अभाव देखिएको सम्बद्ध संस्थाको भनाइ छ । विरामीहरुलाई उपचारका लागि आवश्यक पर्ने रगत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अभाव भएपछि रक्त संचार केन्द्र धरानको आग्रहमा इटहरीका युवाहरुले आकस्मीक रक्तदान कार्यक्रम आयोजना गरेका छन । रक्तदान कार्यक्रम हेल्पीगं युथ सुनसरी , युथ फर ब्लड ,युवा विकास केन्द्र ,रोट्याक क्लव अफ इटहरी लगायतका सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा गरेको हेल्पीगं युथका अध्यक्ष विकल पौड्यालले वताए । उनले केन्द्रले आग्रह गरेपछि आकस्मीक रुपमा रक्तदान कार्यक्रममा आयोजना गरिएको समेत उनले जानकारी दिए ।
हरेक वर्ष झै असार लागेपछि रक्तदान कार्यक्रमहरु प्रभावित बन्ने गरे झै यस पटक पनि रक्तसंचार केन्द्रमा रगत अभाव भएपछि केन्द्रले सार्वजनिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्न सुचना जारी गरेपछि इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । केन्द्रमा रगत संकलन कार्य हुन नसक्दा उपचारका लागि आउने रगत चाहिने विरामीहरुलाई समस्या पर्ने तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको केन्द्रका प्राविधिक सोम भण्डारीले जानकारी दिए ।
असार साउन लगायत वर्षायामका महिनाहरुमा रक्तदान कार्यक्रमहरु न्युन हुने गरेको समेत उनले वताए । नेपाल रेड्क्रस सोसाइटी रक्त संचार केन्द्र धरानमा संकलन हुने रगतको ४० प्रतिशत इटहरीबाट मात्र संकलन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved