बिवाह पछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पिडित साहले इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि गुनासो गरेकी छन्। दुई बर्षदेखि दुहबीस्थित माईतीमा बस्दै आएको र घर फिर्ता आउन श्रीमानले १० लाख माग गरेको पिडितले पत्रकार सम्मेलनमा बताइन।
पत्रकार सम्मेलनमा आफु पिडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएको साहले बताएकी छन्। दुई बर्षको छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफु अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपनि सुनुवाई नभएको जानकारी गराएकी छन्।
छोरी जन्माएकै कारण श्रीमान र घरपरिवारबाट अलग भएको दुखेसो गर्दै साहले श्रीमानसहित ससुरा ललित साह, सासु छिनादेवी साहले घरबाट निकालेको र फिर्ता आउदा १० लाख ल्याउन पटक पटक दबाब दिएको बताएकी छन्।
गहभरी आँशु पार्दै उनले श्रीमानले उर्लाबारीकी सावित्रा मगरलाई भगाएर घरमा ल्याएको र आँफुलाई घरबाट निकालेर भगाएर बिहे गरेको र अहिले फोन गर्दा गाली गर्ने मार्ने धम्की दिने गरेको भन्दै साहले श्रीमानकै घरमा बस्न पाउनुपर्ने माग गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved