डिजिटल प्रणाली जडानका लागि सेवाग्राहीहरुको पशुपति केवल नेटवर्कमा भिड

  • प्रकाशित मितिः साउन १२, २०७५
  • 1146 पटक पढिएको
  • समय अनलाइन

इटहरी । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले एनालग प्रणालीमा सञ्चालन भईरहेका इटहरीका केबल नेटवर्कहरुलाई बन्द गरि दिएपछि सेवाग्राहीहरुको नेटवर्कका कार्यालयहरुमा डिजिटल प्रणाली जडानको लागि भिड लाग्न थालेको छ । इटहरी क्षेत्रमा धेरै ग्राहक रहेको पशुपति केवल नेटवर्क प्रालिको एनालग सेवा समेत वन्द भएपछि सेवाग्राही केवल नेटवर्कको कार्यालयमा डिजिटल प्रणाली जडानको लागि भिड लागेको हो ।

ग्राहकहरुले सेटअप बक्स जडान नगरिरहेको समयमा एनालग प्रणाली वन्द भएसंगै डिजिटल प्रणाली जडानका लागि सेवाग्राहीहरुको भिड लागेको पशुपति केवल नेटवर्कले जनाएको छ । पशुपति केवल नेटवर्कका सञ्चालक मुकुन्द भटटराईले मन्त्रालयबाट आएको टोलीले एनालग प्रणाली वन्द गर्न आग्रह गरे बमोजिम आफुहरुले वन्द गरेपछि डिजिटल प्रणालीका लागि सेवाग्राहीहरु आएको जानकारी दिए । उनले सन् २०१७को मे महिना देखि नै एनालग प्रणाली बन्द गरिने भनिएपनि विभिन्न कारणले हुन नसकिरहेको समयमा यही महिना देखि एनागल प्रणाली वन्द गरीएको समेत बताए । एनालग प्रणाली नचल्ने भएपछि सेवाग्राहीहरु सेटअप बक्स लिनका लागि आउने क्रम सुरु भएको हो । पशुपति केवल नेटर्वकका इटहरी क्षेत्रमा दस हजार देखि १२ हजार सम्म ग्राहकहरु रहेका समेत जानकारी गराइयो ।

राष्ट्यि प्रशारण संशोधन नियमावली २०७३ ले केबल नेटवर्कहरुलाई एनालग प्रणालीबाट डिजिटल प्रणालीमा रुपमान्तरण गर्ने समय सिमा तोके पनि समय सिमा सर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved