कहिले आउला नर्सिङ पेशाप्रति गौरव गर्ने क्षण ?

  • प्रकाशित मितिः श्रावण १४, २०७५
  • 1070 पटक पढिएको
  • समय अनलाइन

अन्तर्राष्ट्रिय स्तरमा नर्सिङको स्थान अत्यन्त माथि छ । मानिसहरुले यो पेशालाई हेर्ने दृष्टिकोण पनि सकारात्मक छ । व्यवस्थापनदेखि लिएर अन्वेषणसम्म आफ्नो प्रभुत्व जमाएको छ यो पेशाले ।

योग्यता अनुसारको कार्यक्षेत्र अनि आफ्नो पेशाप्रतिको गौरव सबै व्यवस्थित छन् । तर नेपालमा भने ठीक उल्टो छ । यो पेशा कहिले व्यवस्थित हुन्छ, अनि यसप्रति गौरवान्वित हुने क्षण कहिले आउछ भन्न सकिँदैन । अध्ययनअनुसारको जागिर जति मुस्किल छ, पेशाले पाउने सम्मान उस्तै छ । अनि, अव्यवस्थित प्रणाली पनि छ यहाँ । 

लाखौं खर्च गरेर पढेपनि र दक्ष हुँदाहुँदै पनि महिनौ स्वयंसेवा गर्नुपर्ने विडम्बना कायमै छ । आवश्यक भएपनि सरकारले दरबन्दी सिर्जना नगर्ने, विज्ञापन पनि नगर्ने र माथिल्लो ओहोदामा भएकाहरुले दक्ष जनशक्तिलाई  माथि आउन नदिने प्रवृत्तिले थप बेथिति पैदा गरेको छ ।

नर्सिङसँग सम्बन्धित संघसंस्थाले पेशागत हकहितका लागि कुनै कदम चाल्न सकेको देखिँदैन । कति अध्ययन गरेपछि र कति दक्षता हासिल गरेपछि नर्सिङ जनशक्तिलाई व्यवस्थापन गर्ने भन्ने केहि रणनीति छैन । यस्ता बेथिति अन्त्य भए पेशाप्रति गौरव गर्न सकिन्थ्यो र उच्च मनोबलका साथ काम गर्न सकिन्थ्यो ।

प्राज्ञिक क्षेत्रमा जान के–के दक्षता हुनुपर्छ, अस्पतालका लागि  के–के हुनुपर्छ भन्ने प्रावधान  छैन । अस्पताल तथा नर्सिङसम्बन्धी शैक्षिक संस्थामा समान रुपमा सेवा–सुविधा छैन । जनशक्ति व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गरेकाहरु ज्ञान भएपनि लागुू गर्न खोज्दैनन् या जान्दैनन् । अनि जति पढे पनि या जति दक्ष भएपनि तल्लो पदमा रहेर काम गर्नुपर्ने बाध्यता छ । 

स्वास्थ्यका माथिल्ला निकायले नै नर्सिङ पेशाका लागि दर्हो रणनीति बनाएर दक्ष जनशक्तिलाई आफ्नो योग्यताअनुरुप काम गर्ने वातावरण सिर्जना गर्न सके नर्स क्रम पनि न्युन हुन्थ्यो र आफ्नै देशमा सेवा गर्ने अवसर प्राप्त हुने थियो । अनि विदेशमा जसरी हामी पनि हाम्रा नर्स प्राक्टिसनर, अनुसन्धानकर्ता, व्यवस्थापक, नर्स, क्लिनिसियनजस्ता पदमा बसेर कार्य गर्न सक्ने स्थितिको सिर्जना हुन्थ्यो र यस क्षेत्रमा रहेका बेथितिहरु स्वतः व्यवस्थापन हुने थियो ।

उच्च तहमा रहेका व्यक्तिले कुराभन्दा काम गरेर नर्सिङ जनशक्तिलाई व्यवस्थापन गर्न सके निराश हुनुपर्ने बाध्यता स्वतः न्युन हुने थियो  । अनि पेशाको हित पनि हुने थियो । 

पिसिएल नर्सिङ गरेर स्कील्ड बर्थ एटेन्डेन्ट (एसबीए) गरेका व्यक्तिले लेबर रुममा काम गर्दा दक्षता बढ्छ । बीएन मिडवाइफरी अनि एमएन म्याटर्नल हेल्थ नर्सिङ गरेकाले डेलिभरी लिन नपाउने वा एसबीए तालिम चाहिने भए किन यी विषयमा माथिल्लो तहमा पढाई गर्नुपर्‍यो त ?

यस्तो अवस्थामा पनि नर्सका हकहितका लागि खुलेका संघसंस्था किन चुप छन् ? जुन विषयमा विज्ञता हासिल गरेको हो, त्यही विषयमा क्लिनिकल अभ्यास गर्न नपाउने हो भने यी विषय पढाउने शैक्षिक संस्थाले यसको जिम्मेवारी लिनुु जरुरी छ । र, आफुुले उत्पादन गरेका जनशक्तिका लागि आवश्यक वातावरण सिर्जना गरिदिनुपर्छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved