
सुनसरी । धारिलो हतियार प्रहार गरी फरार तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३० गते रामधुनी नगरपालिका १ स्थित लक्ष्मी चौधरीको घरमा पाहुना आएका काठमाडौ बस्ने अनिल चौधरीमाथि धारिलो भाला प्रहार गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा साजन चौधरी, अमित सरदार र रोहित चौधरी छन् । उनिहरुको साथबाट भाला र काठको डण्डा समेत बरामद गरिएको छ । उनिहरुलाई ५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved