इनरुवा। सुनसरीको गढी गाउँपालिका विरुद्ध स्थानीय विपक्षी दलले मोर्चा बन्दी गरेका छन् । गाउँपालिकामा चरम भ्रष्टाचार भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरममा आवद्ध नेता तथा कार्यकर्ता मोर्चाबन्दीमा उत्रेका हुन् ।
दुवै पार्टीमा रहेका गाउँपालिका तहका नेता तथा कार्यकर्ताहरु सम्मिलित मोर्चाले गाउँपालिकाको हर हिसाब किताब पार्दशी गरिनुपर्ने माग गरेको छ । पत्रकार सम्मेलन गरी मोर्चाले सार्वजनिक चासो र सुचनाको हक सम्वन्धि विषयलाई कुण्ठित गर्न खोजिएको आरोप लगाएको छ । पटक पटकको ताकेताका बाबजुत सुचना उपलब्ध नगराइएको मोर्चाको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै मोर्चा संयोजक कुशेश्वर खेरबारले गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले मनोमानी तवरले योजना संचालन गरेको, आफुखुशी कार्यकर्ता भर्ति गर्नुका साथै आफन्तवाद लादेको जस्ता आरोप लगाउनुभयो । वास्तविकता सार्वजनिक गरी यथार्थ विवरण उपलब्ध गराउन नसक्नुलाई भ्रष्टाचार लुकाउने षडयन्त्र भएको बताउने मोर्चाले आफुहरुका माग सम्बोधन नभए चरणवद्ध आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ ।
उता गाउँपालिकाको कार्यालयले भने नियम र प्रकृयाको परिधीमा रही माग गरिएका कागजात सम्वन्धित पक्षलाई उपलब्ध गराइएको बताएको छ । योजना संचालनका क्रममा हिनामिना र भ्रष्टाचार नभएको दावी गर्ने गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले केही व्यक्तिले राजनीतिका नाममा व्यक्तिगत स्वार्थ सिद्धीकालागि रिसिवि साँधने काम भएको प्रतिकृया दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved