कर बढाएको विरोधमा प्रदर्शन

  • प्रकाशित मितिः श्रावण ३१, २०७५
  • 778 पटक पढिएको
  • समय अनलाइन

भद्रपुर, ३२ साउन/ स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका उनीहरूले आफूहरू कर र विकासविरोधी नभएको तर जनताको सामाथ्र्यभन्दा बाहिर गएर जबर्जस्ती ढङ्गले कर वृद्धि गर्ने नगरपालिकाको यो कार्यको विरोध गरिएको बताएका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीका नेता प्रकाश खड्काल यो शान्तिपूर्ण आन्दोलनलाई स्थानीय सरकारले बेवास्ता गरी समयमै उचित सम्बोधन नगरे चरणवद्ध आनदोलनमा जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved