कल्याणकारी स्वयंसेवक संघ नेपालले गर्‍यो वक्तृत्वकला

  • प्रकाशित मितिः श्रावण ३१, २०७५
  • 1502 पटक पढिएको
  • समय अनलाइन

जीवन फूयाल /इटहरी -कल्याणकारी स्वयंसेवक संघ नेपालले गरेको वक्तृत्वकला प्रतियोगितामा जेनिसा भण्डारी प्रथम भएकी छन्। परिवर्तनका लागि स्वयंसेवा भन्ने शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा झापाकी भण्डारी प्रथम भएकी हुन्।

झापा जिल्लाभरका २६वटा बिद्यालय सहभागी भएको प्रतियोगितामा स्मारिका सामुदायिक बोर्डिङ्ग स्कुलका कक्षा ९का छात्र राजेश दाहाल द्वितिय भएका छन्। यस्तै मेचि अंग्रेजी आवासीय माबि शिवसताक्षी कक्षा ९मा पढ्ने रक्षा देउजा तृतिय भएकी छन्।

बिजेताहरु मध्यबाट प्रथम हुनेलाई बिद्यालयमा पूर्ण छात्रबृत्ति यस्तै द्वितीय हुनेलाई ५०प्रतिशत र तृतीय हुनेलाई २५प्रतिशत छात्रबृत्ति प्रदान गरिएको आयोजक सँस्था कल्याणकारी स्वयंसेवक संघ नेपालले जनाएको छ।

यसैबीच प्रशंसा पत्र प्रदान गर्दै कल्याणकारी स्वयंसेवक संघ नेपालले झापाबाट एसईई परिक्षामा सबैभन्दा धेरै अंक ए प्लस ल्याएर मदरल्याण्ड अंग्रेजी माबीबाट उत्तिर्ण हुने एलिना अधिकारीलाई जहाँ पढेपनि निशुल्क अध्यापन गराउने घोषणा गरेको छ।

कार्यक्रममा संघको दमक नगर कमिटी र कमल गाउँपालिकामा पनि कमिटी गठन गरिएको छ। कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी प्रमुख अतिथी, सँस्थाका केन्द्रिय अध्यक्ष अक्कल बहादुर तामाङ्ग बिशिष्ट अतिथी, दमक नगरपालिकाका शिक्षा प्रमुख शालिकराम काफ्ले, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिप गिरी अतिथी हुनुहुन्थ्यो।

यसैगरी नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी, दपम जेसिजका अध्यक्ष चन्द्र खत्री, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नेपाल वाङमय प्रतिष्ठानका कवि, साहित्यकार एवं पत्रकार शंकर चापागाई ‘धनुकुटे कान्छा’लगायत अतिथी हुनुहुन्थ्यो।

सँस्थाको एक नम्बर प्रदेशका अध्यक्ष गुणराज गिरीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने सँस्थाका प्रदेश सचिव रबिन खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

फोटो फिचर

37173760_281017649358683_4006204653141229568_n 39229170_2085371538445943_4415577395080200192_n 39235637_1971576912911741_4051827157263974400_n 39216140_2115969815391238_5024568925468229632_n 39252923_286780815387349_2791721217617297408_n 39245247_677802965913550_6957328393629073408_n 39261440_1576875495751788_2861058649952878592_n

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved