नक्कली कागजात बनाउने ४जना धरानबाट पक्राउ

  • प्रकाशित मितिः भदौ १, २०७५
  • 1231 पटक पढिएको
  • समय अनलाइन

संघीय प्रहरी कार्यालय धरानले नक्कली कागजात बनाउन सकृय चारजनालाई नियन्त्रणमा लिएको छ। धरानस्थित मिक कम्प्यूटर प्रालिका सञ्चालक तथा नेपाली कांग्रेस महासमितिका सदस्य राजकुमार थोप्रा सहित चारजना पक्राउ परेका हुन्।

बिभिन्न कागजातहरु नक्कली किर्ते गरिएको गोप्य सूचनाका आधारमा छापा मार्ने क्रममा बिहिबार थोप्रासहित, राम सेवा, मिक कम्प्युटर प्रालिमा नै कार्यरत थोप्राका सहयोगी कर्मचारी वीरध्वज लिम्बू र सरोज योङहाङ पक्राउ परेका हुन्।

बिभिन्न सरकारी कार्यालयका कागजातहरु नक्कली बनाएर बिक्री गरेको भन्दै संघीय इकाइ प्रहरी कार्यालयको टोलीले मिक कम्प्युटरमा छापा मारी किर्ते कागजात सहित उनीहरुलाई पक्राउ गरेको हो। यस्ता सामाग्री फेला परेसँगै मिक कम्प्यूटरलाई प्रहरीले सिलबन्दी गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

मिक कम्प्यूटरबाट नागरिकता, बिभिन्न कलेजका सर्टिफिकेट, एसएलसीको सर्टिफिकेट, मार्कसिट बनाउन प्रयोग हुने कागज ठुलो परिणाममा बरामद गरेको प्रहरीले जनाएको छ।

त्यस्तै नक्कली कागजात बनाउन प्रयोग हुने कम्प्यूटर प्रिन्टर समेत बरामद गरिएको छ। उनीहरुमाथि प्रहरीले लामो समयदेखि निगरानी राखेको बुझिएको छ।

पक्राउ परेका टोलीले लामो समयदेखि भारतीय नागरिकता र पासपोर्ट, बिदेश जाने युवाहरुको नक्कली शैक्षिक प्रमाण पत्र, ब्रिटिस आर्मि भिड्ने युवाहरुको नक्कली सर्टिफिकेट बनाएर पैसा असुली गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

सोही विषयमा पक्राउ परेकाहरुको शुक्रबार ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने ईलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved