पानीजहाज चलाउने ओलीको सपना : सरकार सुस्त, निजी क्षेत्र अग्रसर

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1217 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं– ठ्याक्कै २७ महिनाअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने योजना बताइरहँदा धेरैले पत्याएका थिएनन् । त्यस योजनामा सरकारी प्रयास सुस्त रहँदा निजी क्षेत्र जसरी पनि पानीजहाज सञ्चालन गर्ने प्रयासमा अग्रसर देखिएको छ ।

पानीजहाजको सन्दर्भमा नेपालका दुई सम्भाव्यतामाथि त्यसपछि नै हो, विमर्श शुरु भएको पनि । पहिलो सम्भावना समुद्रमा नेपाली ध्वजावाहक जहाज चलाउने र दोस्रो नेपालकै नदीहरूमा जलयातायात सञ्चालन गर्ने । निजी क्षेत्रको प्रयास आन्तरिक यात्रु र मालवाहक जहाज सञ्चालनमा केन्द्रित देखिएको छ ।

प्रधानमन्त्री ओलीको पानीजहाज सपना २७ महिनाअघिकै जस्तो देखिन्छ । २ भदौमा जनकपुरमा प्रदेश–२ को प्रदेशसभालाई सम्बोधन गर्दै त्यसको प्रसंग उठाउन छुटाएनन् । सबैभन्दा पहिले सोही प्रदेशमा पानीजहाज चलाउन सकिने उनको भनाइ थियो ।

यस योजनामा सरकारी प्रयास शून्य भने छैन । दुई वर्षभित्र राष्ट्रिय ध्वजावाहक जहाज सञ्चालनको तयारीमा सरकार पनि छ । जल तथा ऊर्जा आयोगका अनुसार जल यातायात सञ्चालनका लागि भारतसँग सहमति भइसकेको छ । भारतले गरेको अध्ययनअनुसार द्रुत गतिमा काम अगाडि बढे जनवरी २०२० सम्ममा पानीजहाज सञ्चालन हुन सक्छ ।

नारायणी र सप्तकोशीमार्फत् गंगा नदीमा मिसिएर कोलकाताको हल्दिया बन्दरगाह हुँदै बंगलादेश र अन्य मुलुकसँग जोडिन सकिने अध्ययनबाट देखिएको छ ।

नारायणीलगायत नदीमा तीनदेखि ६ सय टन क्षमताका जहाज सञ्चालन हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ । नदीको गहिराइ दुई मिटर भए ती क्षमताका पानीजहाज नेपालका नदीहरूमा चल्न सक्ने सरकारी अध्ययनबाट देखिएको छ । 

आफ्ना जलमार्गमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी तीन वटा बन्दरगाह नेपाललाई उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको छ । ती बन्दरगाह हुन्, पटनाको कालीघाट, कोलकाताको हल्दिया र बनारसको अलाहावाद फोर्ट ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved