स्मार्टकार्ड छाप्ने अधिकांश प्रिन्टर बिग्रियो, फेरि कागजकै लाइसेन्स दिने तयारी

  • प्रकाशित मितिः भदौ ४, २०७५
  • 1473 पटक पढिएको
  • समय अनलाइन

यातायात व्यवस्था विभागका अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रिएका छन्।

विभागमा भएको ९ वटा प्रिन्टरमध्ये एउटा पहिलेदेखि नै बिग्रिएको थियो भने बाँकी ४ वटाले पनि काम गर्न छोडेका छन्।

कुनै पनि प्रिन्टरको आयु एक लाख कार्ड छाप्नसक्ने मात्र भएकाले पछिल्लो समय अधिकांश प्रिन्टरमा समस्या उत्पन्न भएको विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेलले सेतोपाटीलाई बताए।

‘पुराना प्रिन्टरमा समस्या आएको हो, यसलाई बनाए पनि फेरि बिग्रने सम्भावना उच्च हुन्छ’, उनले  भने।

त्यस्तै गत असारको पहिलो साता ल्याएको चार वटा प्रिन्टरले अझै राम्रोसँग काम गर्न सकेका छैनन्। विभागले तय गरेको मापदण्ड अनुसार प्रिन्टरले काम नगरेकाले प्रिन्टरको भुक्तानीसमेत गरिएको छैन।

चिप इन्कोडिङ (चिपमा विवरण भर्ने) र लेजर इन्ग्रेभिङ (कार्डमा विवरण लेख्ने) लगायतको काम अटोमेटिक हुनुपर्नेमा मेसिनले कार्ड सपोर्ट नगर्दा म्यान्अल्ली गर्नू परेको पोख्रेलले जानकारी दिए।

यातायात व्यवस्था विभागमा रहेका स्मार्टकार्ड छाप्ने प्रिन्टर।     

मेसिन आयातकर्ता कम्पनी मद्रास प्रिन्ट्सले २ महिनादेखि विदेशबाट मेकानिक बोलाएर बनाउन लगाए पनि प्रिन्टर बन्न सकेको छैन। अहिले दैनिक ४ हजार लाइसेन्सको माग छ भने छपाई मुस्किलले ३ हजार मात्र छ। त्यस्तै ५ लाख चालक ट्रायल कटाएर लाइसेन्सको पर्खाइमा छन्।

अबको विकल्प के?

विभागले यो आर्थिक वर्षमा मास प्रिन्टर ल्याउने तयारी गरेको छ। ठेक्का प्रकृयामा गएर मेसिन आइपुग्न धेरै समय लाग्छ।

५ लाख ब्याकलक हटाउन विभागसँग २ वटा विकल्प रहेको पोख्रेलले बताए। एउटा अस्थायी कागजी लाइसेन्स दिने र अर्को आउट सोर्सिङ अर्थात प्राइभेट कम्पनीलाई छाप्न दिने।

‘५ लाख चालक चिटको भरमा सवारी चलाउँदा ट्राफिक प्रहरीले पनि कठिनाई भोग्नु परेको छ’ उनले भने, ‘मास प्रिन्टर नआउन्जेल अस्थायी कागजी लाइसेन्स दिएर केही समयलाई यो समस्या सुल्झाउन सकिन्छ।’

त्यस्तै कुनै प्राइभेट कम्पनीलाई लाइसेन्स छाप्ने जिम्मा दिए पनि समस्या सुल्झाउन सकिने पोख्रेलले बताए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved