प्रधानमन्त्री अाेलीद्वारा बायाेग्यास प्लाण्ट उद्घाटन

  • प्रकाशित मितिः भदौ ५, २०७५
  • 1307 पटक पढिएको
  • समय अनलाइन

प्रधानमन्त्री केपी शर्मा अाेलीले विराटनगरमा पाइपलाइनबाट घरघरमा बायाेग्यास  वितरण कार्यक्रमकाे उद्घाटन गरेका छन् ।

कानूनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुनसहितका मन्त्रीहरु पूर्वको कार्यक्रमका लागि मंगलबार विराटनगर आइपुगेका छन् । प्रधानमन्त्री ओलीले पहिलो कार्यक्रमका रुपमा सोमबार दिउँसो विराटनगरमा पाइपबाट घरघरमा वायोग्याँस वितरण कार्यक्रमको उद्घाटन् गरेका हुन् ।

उनले  वीरेन्द्र सभागृहमा १ नम्बर प्रदेश स्तरका नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्तासंग भेटघाटको कार्यक्रम रहेको ओलीका सञ्चार विज्ञ चेतन अधिकारीले जनाए । कानून मन्त्री बनेपछि पहिलो पटक मोरङको आफ्नो निर्वाचन क्षेत्र नम्वर ३ आएका कानूनमन्त्री ढकालले पथरीशनिश्चरेमा बुधबार विहान नेकपाले आयोजना गर्ने कार्यक्रममा सरिक हुनेछन् ।

सोही बाटो भएर झापा जाने क्रममा मन्त्री ढकाललको निम्तोमा प्रधानमन्त्री ओली समेत पथरीमा हुने कार्यक्रममा सहभागी बन्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली बुधबार झापाको कमल गाउँपालिकाको लखनपुरस्थित आयुर्वेदिक औषधालयको शिलान्यास र दिउँसो गौरादहमा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर बुधबार नै राजधानी फर्किनेछन् ।

कानूनमन्त्री ढकाल भनें पथरीको कार्यक्रम सकेर कानेपोखरी, बेलबारी र सुन्दरहरैंचाका स्वागत कार्यक्रममा सरिक बन्ने पार्टीले जनाएको छ । त्यस्तै, उर्जामन्त्री वर्षमान पुन बुधबार विहान मोरङको मिक्लाजुङस्थित मधुमल्लामा सौर्यउर्जा उद्घाटन् कार्यक्रममा सरिक हुनुहुने त्यहाँबाट नविन कार्कीले जनाए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved