सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ

  • प्रकाशित मितिः भदौ ७, २०७५
  • 1406 पटक पढिएको
  • समय अनलाइन

मोरङ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना बुधबार शुभारम्भ गर्नुभयो ।

केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको जिल्लाको विकट मानिने सो क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न जडान गरिएको सो प्रणालीबाट ७५ घरधुरीमा विद्युतीकरण भएको छ ।

एसियाली विकास बैंकको रु एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १६ लाख र जिल्ला समन्वय समितिको रु छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा सो प्रणाली जडान गरिएको हो । सूर्योदय ऊर्जा प्रालिले निर्माण गरेको उक्त परियोजनामा पहिलोपटक स्मार्ट मिटर अर्थात् प्रिपेड मिटर जडान गरी समुदाय आफैँले सो प्रणालीको व्यवस्थापन गरेको छ ।

मन्त्री पुनले केन्द्रीय प्रसारण पुग्न नसकेका विकट बस्तीमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरी त्यसलाई विस्तारै राष्ट्रिय प्रसारणमा जोड्दै लैजाने र सौर्य पम्पिङबाट खानेपानी र सिँचाइको व्यवस्थालाई सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार गठनपछि चीन, बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुलेको उल्लेख गर्दै प्रदेश नं १ मा विभिन्न ठूला, मझौला र साना विद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनाका निर्माण अगाडि बढाइएको बताउनुभयो ।

राजनीतिक स्थायित्वसँगै अब मुलुक आर्थिक विकासमा अगाडि बढेको र यसका लागि ऊर्जालाई उच्च प्राथमिकतामा राखिएको बताउँदै मन्त्री पुनले सामाजिक न्याय र समानता भएमात्रै लोकतन्त्र सार्थक हुन्छ भन्नुभयो । राजनीतिक परिवर्तनलाई आर्थिक विकासमा रुपान्तरण गर्नु नै अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले सरकारले अघि सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को अभियानलाई सार्थक तुल्याउन तीनवटै तहका जनप्रतिनिधिले सामूहिकरूपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले ऊर्जा विकासको मुख्य आधार भएकाले वर्तमान सरकारको हरेक घर ऊर्जा घर र हरेक बस्ती ऊर्जा बस्ती बनाउने अभियानलाई पूरा गर्न सकिए मुलुकले आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ भन्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले अझै पनि २४ प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेकाले उनीहरूलाई नवीकरणीय ऊर्जाको माध्यमबाट विद्युत् सुविधा पु¥याउन केन्द्र क्रियाशील छ भन्नुभयो । सोलार मिनी ग्रीड उपभोक्ता समितिका अध्यक्ष पर्वत राई, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यलगायतले जिल्लाकै कर्णालीको रूपमा परिचित यस क्षेत्रको विकासमा सरकारले विशेष सहयोग गर्नपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved