विराटनगरमा ठूलो परिणाममा चाँदीका गहना सहित भारतीय पक्राउ

  • प्रकाशित मितिः भदौ ८, २०७५
  • 1600 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / विराटनगर महानगरपालिका १५ बाट पाँच किलो तीन सय ग्राम चाँदीका गरगहना सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट सशस्त्र प्रहरी वल हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङ विराटनगरको गस्ती टोलीले बुधबार राति ८ बजे पक्राउ गरेको हो । सशस्त्र प्रहरी वलका डीएसपी सुरेन्द्रराज रन्जितका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी पञ्चायत १५ का ४० वर्षीय बलराम सिंह रहेका छन् ।

चाँदीका गरगहना तस्करी गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका सिंहका साथबाट चाँदीका २० वटा औंठी, ८२ वटा हातमा लगाउने पञ्जा, १५ जोडी पाउजु, ६० वटा सिक्री, पुरुषले लगाउने ५५ वटा ब्रासलेट र महिलाले लगाउने ४५ वटा ब्रासलेट बरामद भएको डीएसपी रन्जितले बताए । उनका अनुसार शरीरमा फिट गरेर चाँदीका गरगहना ल्याउँदै गर्दा पक्राउ परेका भारतीय नागरिक र उनका साथबाट बरामद भएको चाँदी आवश्यक कारवाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यस्तै सशस्त्र प्रहरीले नै विराटनगर भन्सार कार्यालयको तीन नम्बर ढाटबाट दुई किलोग्राम चाँदी बरामद गरेको छ । बेवारिसे अवस्थामा बरामद भएको चाँदी भारतबाटै तस्करी गरेर नेपाल ल्याइएको हुन सक्ने डीएसपी रन्जितिले बताए । यसका बारेमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए । ठूलो परिणाममा चाँदी बरामद हुनुले चाँदी तस्करी पछिल्लो समयमा बढेर गएको निस्कर्ष निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved