जीवन फूयाँल/इटहरी - अधिक आम्दानीका लागि अधिक शक्ति भन्ने नाराका साथ हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाजको थ्री व्हीलर पिक अप लोडर मेक्सिमा सी प्रदेस नम्वर १मा लञ्च गरेको छ।
बजाज अटोको नेपाली आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली बजारमा ल्याएको बजाजको थ्री व्हीलर पिक अप लोडर मेक्सिमा सी को एक कार्यक्रमका बीच लञ्च गरिएको हो।
डिटि एस आई इन्जिनमा २३६ सी सी को फोर स्ट्रोक बिशेषता भएको मेक्सिमा सी तीन आकर्षक रंग पहेँलो, नीलो र हरियोमा उपलव्ध रहेको जानकारी दिईएको छ।
उद्योग बाणीज्य संघ पुर्वाञ्चलका निर्वतमान अध्यक्ष टंक दुलालको प्रमुख आतिथ्यमा भएको लन्च कार्यक्रममा कम्पनीका डि.एम. योगेन्द्र श्रेष्ठले देशको बढ्दो बेरोजगारीको समस्या समाधान गर्न धेरै संख्यामा रहेका बेरोजगार युवाशक्तिलाई स्वालम्बन बनाउन बजाजले महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको भन्दै नयाँ पिक अप लोडर मेक्सिमा सी ले समेत थप योगदान पु¥याउने बिश्वास व्यक्त गर्नुभयो।
मेक्सिमा सी ५ क्वीन्टल सम्मको सामान ओसारप्रसार गर्न सक्ने क्षमता रहेको र १२ लीटर पेट्रोल ट्यांकी रहेको यो पिक अप लोडर सहरी क्षेत्रमा तथा ग्रामिण क्षेत्र दुवैका लागि उपयुक्त रहेको जानकारी दिँदै नेपाली बजारमा यसको मुल्य ६ लाख रुपैँया रहेको जानकारी दिईएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved