कोशी क्षेत्रका टापुमा पर्यटन व्यवसाय , विदेशी मुद्रा आर्जन गर्न सकिने

  • प्रकाशित मितिः भदौ १९, २०७५
  • 1471 पटक पढिएको
  • समय अनलाइन

कृष्ण जुनेली/ इटहरी /  सप्तकोशीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्र वन्ने मात्र नभएर राम्रो आम्दानीको स्रोत वन्न सक्ने जानकारहरु वताउछन ।

मुलुकको सवै भन्दा ठुलो नदी सप्तकोशीमा पर्यटकीय गतिविधिहरु बढाउन सके विदेशीहरुलाई आकर्षित गरी राम्रो आम्दानी गर्न सकिने विश्वास गरिएको हो ।

सप्तकोशीमा जल पर्यटनका साथै कोशीबाट बनेका टापु क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र वन्ने बातावरण तथा पर्यटकीय क्षेत्रमा काम गर्दै आएको युचेप नेपालका अध्यक्ष रविन घिमीरे वताउछन । कोशी किनारामा रेल सञ्चालन गर्ने देखि लिएर विदेशमा समुद्रतटमा बालुवामा रमाउने गरी मनाइएका पर्यटकीय क्षेत्र जस्तै कोशीमा वनाएर पर्यटक आकर्षण गर्न सकिने घिमीरेले विश्वास गरेका छन ।

कोशीमा जलसयरका लागि पानीमा सञ्चालन हुने मिनी पानीजहाज, जेटस्की , र्याफ्टीगं साथै बालुवा क्षेत्रमा अस्थाई रुपमा सञ्चालन हुने होटल तथा रेष्टुरेन्टरु वनाएर पर्यटक आकर्षण गर्न सकिने जानकारहरुको वुझाई रहेको छ । कोशीमा मिनी पानीजहाज सञ्चालनमा आएपछि हिन्दुहरुको आस्थाका केन्द्र बराहक्षेत्र मन्दिर सम्म जाने दर्सनार्थीहरुको संख्या वढ्न थालेको छ । पुर्व पश्चिम राजमार्गमा रहेको कोशी ब्यारेज देखि मिनी पानीजहाज चलाउने हो भने पनि कोशी टप्पु ,वराहक्षेत्र मन्दिर ,त्रिवेणी , भोजपुर सम्मको दष्यावलोकनमा आउने आन्तरिक तथा छिमेकी मुलुक भारतीय क्षेत्रका पर्यटकहरुको आकर्षण केन्द्र वन्ने विश्वास गरिएको छ ।

कोशी किनारामै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष यस क्षेत्रको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो यहाँ विश्वमै दुर्लभ वन्दै गई रहेको बालुलिस जातको अर्ना ,पाँच सय भन्दा वढी जातका चराचुरुगीं, धेरै किसिमका वनस्ती , पुलती र जंगती हात्ती समेत रहेका छन । कोशी क्षेत्रलाई लक्षित गरी पर्यटन क्षेत्रको विकासमा लाग्ने हो भने नेपालबाट विदेस जाने नेपालीहरुको संख्या घट्ने देखि अन्य मुलुकबाट कोशी क्षेत्रमा आउने पर्यटकहरुको संख्या वढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved