'मुलुक द्वन्द्वको खतरामा'

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 1255 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं : नेपाली सेनाले मुलुक पुनःआन्तरिक द्वन्द्वको खतरामा रहेको संकेत गरेको छ । मुलुक स्थिरता र समृद्धितर्फ उन्मुख भएको अवस्थामा समेत कतिपय बाह्य र आन्तरिक सुरक्षाका कारण द्वन्द्वको संभावना उत्तिकै रहेकोतर्फ सैनिक मुख्यालयले संकेत गरेको हो ।

जातिय, क्षेत्रीय र धार्मिक असहिष्णुताका कारण मुलुकमा पुनः द्वन्द्व निम्तन सक्ने भन्दै नेपाली सेनाले आफ्ना सकलदर्जालाई सचेत गराएको छ । उसले जस्तो सुकै परिस्थिति आए पनि त्यसको सामाना गर्न समेत निर्देशन दिएको छ ।

मुलुकमा संकीर्ण जातिवाद, कट्टर क्षेत्रीयतावाद र धार्मिक असहिष्णुताको माध्यमबाट राष्ट्रिय एकता र अखण्डतामा खलल पुर्‍याउने तत्वहरू अझै सक्रिय रहेको नेपाली सेनाको निष्कर्ष छ । सामाजिक सदभाव र राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउन खोज्ने केही तत्व सक्रिय रहेको र त्यसले राष्ट्रिय एकतामा आँच पुर्‍याउन सक्ने नेपाली सेनाको ठम्याइ रहेको छ । त्यस्ता संविधान विरोधी तत्वले मुलुकलाई पुनःअस्थिर र असफल बनाउन तयारी गरेको पुर्वसूचकहरू समेत आफूसँग रहेको सेनाले भनेको छ । तर त्यसरी मुलुकलाई असफल बनाउन खोज्ने तत्वहरू र पूर्वसूचकहरूका बारेमा भने नेपाली सेनाले केही खुलाएको छैन ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पदवहाली गरेपछि पहिलो पटक सकलदर्जालाई सम्बोधन गर्दै यी कुरातर्फ सचेत गराएका हुन् । प्रधानसेनापति थापाले त्यसरी निम्तिने आन्तरिक द्वन्द्वलाई राजनीतिक मध्यमबाट नै समधान खोज्र्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक माध्यमबाट समस्या समाधान नभए त्यस्ता समस्याको समाधान गर्न राष्ट्रसँग अन्य विकल्पसमेत सुरक्षित रहेको प्रधानसेनापतिको भनाइ थियो ।

राजनीतिक माध्यमबाट त्यस्ता समस्याको हल नभए विखण्डनवादी र संविधान विरोधी तत्वविरुद्ध संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना तयारी अवस्थामा रहेको प्रधानसेनापति थापाको भनाइ थियो । थापाले भने, ‘राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतामा आँच पुर्‍याउन खोज्ने कसैलाई छाड्दैनैाँ ।’

प्रधानसेनापति थापाले विश्वव्यापी सञ्जालका रूपमा फैलदैं गएको आतंकवाद र अतिवादका कारण राष्ट्रिय सुरक्षा थप जटिल र संवेदनशील बन्दै गएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्तुलनका लागि इन्डो प्यासिफिक क्षेत्रका शक्ति राष्ट्रबीचको चासो र स्वार्थका कारण समेत मुलुकको राष्ट्रिय सुरक्षामा समेत प्रत्यक्ष असर पर्ने संकेत गरेका छन् ।

राष्ट्र निर्माता र नेपाली सेनाका मिलिटरी लिडरका रुपमा पृथ्वीनारायण शाहको योगदानको चित्रण गर्दै प्रधानसेनापति थापाले भने, ‘नेपाली सेनाको राजनीति निरपेक्ष चरित्रलाई जगेर्ना गर्नु हाम्रो दायित्व हो । यसबाट विचलित हुने छुट कसैलाई पनि हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved