चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा खसेको पहिरो छिचोल्न खोज्दा चारजना घाइते भएका छन । चार किलोमा खसेको पहिरो माथि हिँडेर जान खोज्दा खसेर सात वर्षीय बालिकासहित चार महिला घाइते भएका हुन ।
माथिबाट ढुङ्गा खसेपछि उनीहरु अत्तालिएर सडकबाट तल खसेका हुन् । सडकबाट खस्दा चितवन रत्ननगर नगरपालिका–१२ कि ४८ वर्षीया प्रमिला कोइराला र त्यही नगरपालिका–२ की सुशीला भट्टराई घाइते भएका छन् ।
उनीहरुको भरतपुर अस्पतालमाा उपचार भइरहेको छ । त्यस्तै घाइते भएका नेपालगञ्ज उपमहानगरपालिका–५ की २६ वर्षीया निशा शाह र उनकी सात वर्षीया छोरी सिम्रन शाह उपचारपछि फर्किएका छन ।
पहिरो खसेको ठाँउमा जान रोक लगाए पनि जवरजस्ती गर्दा घटना भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले बताए । पहिरो छिचोल्न खोजेका उनीहरु खसेर नदीको डिलमा अड्किएका थिए । उनीहरुलाई सुरक्षाकर्मीले डोरीको साहायताले उनीहरुको उद्धार गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved