मेयर भन्छन् : उपमहानगर पूर्वाग्रही छैन, सडक बिस्तार ८२ नै कायम हुन्छ (कुराकानी)

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 1246 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरी उपमहानगरपालिकाले पूर्व–पश्चिम राजमार्गमा पर्ने आफ्नो सडकलाई फराकिलो बनाउने अभियान द्रुत गतिमा अघि बढाइरहेको छ । भदौ २० देखि सुन्दरहरैचा नगरपालिकाको सिमा बुढी खोलादेखि शुरु गरिएको अभियान अहिले पश्चिम कलंकी चौकसम्म पुगेको छ । ६ दिन यता सडक अतिक्रमण गरि बनाइएका पेटी, टहरा, पर्खाल आदी जस्ता भौतिक संरचना डोजर लगाएर भत्काइएको छ भने सडक आसपास थुपारिएका निर्माण सामाग्री, ग्यारेज तथा घुम्ती पसलहरु समेत हटाइएको छ ।

बुढी खोलादेखि कंलकीसम्म यो अभियान चल्दा इटहरीका धेरैले उपमहानगरको प्रशंसा समेत गरेका छन् । उपमहानगरको यस अभियानले इटहरीको सौन्दर्यता बढ्नुको साथै सडक फराकिलो बनेको इटहरीवासीको बुझाई छ । तर यसको कार्यन्वय कतिको हुने हो भन्ने शंका पनि गर्ने गरेका छन् । किनभने उपमहानगरले यस अघि ल्याइएको धेरै अभियान बिच बाटोमै अड्किए छन् ।

उपमहानगरका मेयर द्धवारिकलाल चौधरीले शुरुवाती चरणमा ऐलनी जग्गाको संरक्षण गर्ने देखि खोला–नाला अतिक्रमण हटाउने अभियानको बिच बाटोमै ब्रेक लाग्यो । अहिले भने सडक फराकिलो बनाउने अभियानले कतिको पूर्णता पाउने हो त भन्ने इटहरीवासीको जिज्ञासालाई पूर्वेली न्यूजसँग मेयर द्धवारिकलाल चौधरीले यसरी मेटाए ।

१. सडक फराकिलो बनाउने अभियान कहाँसम्म पुग्यो ?

मेयर : २० गते बुढी खोलादेखि शुरुवात भएको अभियान अहिले पश्चिम ट्राफिक प्रहरी कार्यालय पुगेको छ । पश्चिम रामधुनि नगरपालिकाको सिमाना जाल्पा पेट्रोलसम्म अभियान चल्नेछ । त्यस पछि हामी कोशी राजमार्गको दुहबी सिमाना र धरान सिमानासम्म पनि अभियान चल्ने छ ।

२. सडक फराकिलो बनाउन किन आवश्यक ?
मेयर : अनाधिकृत ठंगले सडक क्षेत्र मिचेर व्यक्तिहरुले संरचना बनाएका हुन । सडक अधिकारी क्षेत्र २५ मिटर र ६ मिटर सेडब्याक भनिएको छ । उपमहानगरले यो अभियान नथाल्दा सडक आवगमनमा समस्या, पार्किङ अभाव, घर अगाडीको भाग सडक पेटी भन्दा अग्लो बनाउदा शहर नै कुरुप बनेपछि अभियान थाल्न अति आवश्यक देखिएको हो । मुलत सडक सौन्दर्य कायम राख्न सडक अधिकार क्षेत्र भित्रको अतिक्रमण क्लियर गर्न खोजेका हौ ।

३. कहिलेसम्म इटहरीका सडक पूर्ण रुपमा फराकिलो देख्न सक्छौ ?

मेयर : मंगलबार सम्म ६ दिन बित्यो । काम द्रुत गतिमा बढिरहेको छ । हामीले १० दिन भित्र सक्छौ भनेका थियौ सडक अतिक्रमण धेरै भएकाले भत्काउदै गर्दा १५ दिन लाग्न सक्छ । सडक अतिक्रमण ऐन भन्दा हामी सबैको सहमतिमा सडक क्लियर गदैछौ ।

४. सडक अतिक्रमण ऐनमा के छ ?

मेयर : ऐनमा सडक अतिक्रमण जसले गरेमा उसैबाट त्यसको जरिमाना उठाउने र कारबार्ही गर्ने अधिकार छ । तर हामी निर्वाचित जनप्रतिनिधी हौ, पहिलो चरणमा ७ दिने सुचना जारी गरयौ त्यसपछि अभियान शुरु गरेका थियौ । बिचमा धेरैले अटेर गरिरहेका छन् उनिहरुलाई हामीले सम्झाएका छौ । यदी नमाने डबल जरिमाना पनि उठाउछौ र कारबार्ही पनि । हामीले सडक डिभिजनको काम गरिरहेका छौ, वास्तवमा यो काम उनिहरुले गर्ने हो । जनतालाई असर नपर्ने गरि हामीले उपमहानगरकै खर्चमा काम गरेका हौ । ऐनमा कसैले सडक अतिक्रमण गरि संरचना बनाएर ५ देखि ६ लाखसम्म जरिमाना लिने प्राबधान छ ।

५. इटहरी उपमहानगरपालिकाले थालेको काम बिचमै ब्रेक लाग्ने गर्छ । ऐलनी जग्गा संरक्षणदेखि खोला नाला अतिक्रमण हटाउने कामको निरन्तर्ता नहुदा तपाईमाथि शंका गर्न थालेका छन् । यो अभियान पनि बिचमै अड्किने त हैन ?

मेयर : शंका गर्नु काम गरेन भनेर आरोप लगाउनु सामान्य कुरा हो । हामीले गरेको काम परिपक्क हुनु पर्यो । बिधि र कानुन संम्बत हुनुपर्यो । यसको लागी बृहत इटहरीको सहमति निर्माण पनि गर्नुपर्छ । हामीले काम गर्दा अनावश्यक कुनै व्यक्तिको क्षति नहोस भन्ने ध्यान दिनुपर्छ । इटहरीको बिकास निर्माणमा उपमहानगरपालिका सदैव दृठ संकल्प छ । हामीले अहिले गरेको काम १० बर्ष अघिदेखि नै थालनि भएको थियो । यसको निरन्तर्ता भएको हो, हामी अनुगमन पनि गर्नेछौ । यो अभियान काहीकतै रोकिनेवाला छैन ।

६. सडक फराकिलो बनाउदा ‘पावर’ प्रयोग गर्नेहरुको संरचना भत्किएन पनि भन्छन् ?

मेयर : अहिले हामीले अस्थाई संरचना मात्र भत्काउन थालेका छौ । सडक अतिक्रमणमा ठुलाठुला भौतिक संरचना पछि छन् । त्यो काम सडकले गरोस भन्ने हो । हामीले पूर्वाग्रही नराखि काम गरिरहेका छौ । केही व्यवसायीहरु डेलिगेसन पनि आउनु भएको थियो । उपमहानगरपालिकाले कसैको अनुहार हेरेको छैन । कसैको डोजर नै प्रयोग गर्दा थप क्षति हुने भएका ठाँउमा हामीले छोटो समय दिएका हौ । कागज भरपाई गरेर नै समय दिएका छौ ।

७. ६ लेनको सडक बिस्तार इटहरीमा आएर अड्कियो । उपमहानगरपालिकाले ५५ फिट कायम गर्नुपर्छ भन्ने बिषयको बिरोध पनि भयो । अब ५५ कि साडे ८२ फिट काट्ने हो इटहरी ?

मेयर : इटहरी उपमहानगरले ५५ कायम गर्नुपर्छ भन्ने कुरा गलत प्रचार हो । प्रमुख भएको नाताले यो कुरामा आधिकारिक्ता छैन । हामीले रानी–धरान लोकमार्गको प्रमुखसँग छलफल गरिरहेका छौ । ६ लेन निर्माणको काम अब शुरु हुदै पनि छ । यो बिषयमा इटहरी मुख्य चौकका व्यवसायीहरु आएर ५५ फिट बढी काट्ने हो भने, क्षतिपूर्तीको माग गरिएको थियो । यसमा इटहरी उपमहानगरपालिकाले आएका मागको ध्यानाकर्षण मात्र गरेको हो । पछि त यसलाई डिजाईन गरेर हामीलाई गलत बनाइयो ।

भनेपछि साडे ८२ नै क्लियर हुन्छ अब ?
अहिले ८२ नै कायम हुन्छ । त्यसको लागी उपमहानगर अबरोध हुनेछैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved