गोरु संग साटेको लाइसेन्स वाला रेडियो

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 1435 पटक पढिएको
  • समय अनलाइन

अच्युत भट्टराई / बराहक्षेत्र / प्रबिधिले निकै फड्को मारिसकेको छ , प्रत्येकका हात हातमा मोबाइल छन् । तर अझैसम्म चमराले भने रेडियो छोड्न सकेका छैनन् । सुनसरीको बराहक्षेत्र ४ दुबियाहीका चमरा मुसहर टोलमै पहिलो रेडियो बोक्ने ब्यक्ति भनेर चिनिएका छन् । २०३८ सालमा बराहक्षेत्र ५ सिमरवनका बिश्वकर्मा थरका मानिस ( नाम बिर्सेको ) संग एउटा गोरु दिएर लाइसेन्स सहितको रेडियो साटेको उनि बताउछन् । त्यति बेला रेडियो बजाउनलाइ लाइसेन्स चाहिन्छ भन्ने कुरा चमरालाइ पहिले नै थाह थियो त्यसैले रेडियो लिदा उनले लाइसेन्स माग्न भुलेका थिएनन् । त्यो बेला रेडियो बजाउने मान्छेलाई गाउँमा निकै मान्ने गर्थे , बेलुका रेडियो सुन्न आउने मानिसहरुको निकै भिड्भाड नै लाग्थियो । रेडियो सुन्न आउने मानिसहरू बज्न थाले पछि सबै चुप चाप लागेर सुन्ने गर्थे । रेडियो भने पछि कस्तो हुदो रहेछ ?, कसरि बोल्छ जान्न मन लागेको थियो त्यसैले आफू पनि बेला बेलामा आउने गरेको स्थानीय दिपिया सदा बताउछन् । दुखको कुरा रहरले ल्याएको रेडियो ८ महिना बजाए पछि चोरी भयो । रेडियो सुन्ने नसा लागेका चमराले फेरि ३ महिना पछि अर्को सानो रेडियो किनेका थिए । त्यो बेला उनी १५ बर्षका थिए । परिवारमा दैनिक ज्याला मज्दुरी नगरि छाक टर्दैन थियो त्यसैले उनले २ कक्षा भन्दा माथी पढ्न सकेनन । आफू नपढे पनि दुख कष्ट गरेर उनले छोरा छोरी पढाएका छन ।
अहिले एस एल सी सम्म पढेको जेठो छोरा किरण ॠषिदेब इटहरीमा अख्तियार को अफिसमा कार्यालय सहायक पद मा जागिरे बनिसकेका छन । परिवारमा २ छोरा १ छोरी र श्रीमती छन । उमेरले ५० पार गरिसक्दा पनि अर्काको ज्याल मज्दुरी नगरी गुजारा चलेको छैन । छोरो जागिरे भए पछि भने केही राहत मिलेको छ , अहिले उनलेे आफ्नो झुपडी घर भत्काएर पिल्लर लगाएर अलिक राम्रो घर बनाएका छन् । जिवनमा जति दुख परे पनि उनले रेडियो भने कहिले छोडेनन । अहिले त रेडियो को ब्याट्री पाउन पनि कठिन पर्छ , पसलमा कोहि राख्दैन्न । ब्याट्री खोजेर दिक्क लगाउने हुँदा कहिले कहि हामी ल्याइदिन्छौ अहिले ब्याट्री खोज्न आउने यिनै मात्र हुन नजिकै पसलकि साहुनी हर्कमाया थापाले बताइन । २०४५ सालमा नेपालमा ठूलो भुइचालो गएको थियो । धरानमा निकै ठूलो क्षति भयो । कहाँ कति घर भत्किए के कति मानिस मरे कसैलाई थाहा हुँदैन थियो । तर चमरा रेडियो सुनिरहने हुदा उनलाइ सबै थाहा हुन्थियो घटनाको बारेमा गाउँमा सबै खबर सुनाउने ब्यक्ती उ मात्रै थिए । राजनीतिमा निकै चासो गर्ने उनलेे २०४६ सालमा नेपाली काङ्ग्रेस को सदस्यता पनि लिएका हुन । कति मान्छे पार्टी परिवर्तन गरेर गए तर उनले आफ्नो पार्टी छोडेका छैनन् । गिरिजाप्रसाद कोइरालाको मृत्यु हुदा पार्टीको झण्डा पनि झुकाएका थिए । आजकाल गाउँमा सबैका घरमा डिक्स होम राखेका छन् सबै फिल्म हेर्छन् कोहि समाचार सुन्दैन्न । उनका परिवार पनि रेडियो पट्टि ध्यान दिदैनन । रेडियो सुन्नाले देश बिदेशका सबै खबर थाह पाइन्छ बेलुका रेडियो नसुनि निन्द्रा नलाग्ने बानी बसिसकेको उनको भनाइ छ । उता छिमेकी बिशे सदा भन्छन् रात भर रेडियो बजाइरहन्छन कहिले कहि त निन्द्रा नै बिथोलिन्छ , त्यसैले कति पटक त राती गएर बन्द गर्न पनि लगाएको छु ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved