८ वर्षपछि माल्दिभ्ससँग भिड्दै नेपाल, आश युवा खेलाडीको

  • प्रकाशित मितिः भदौ २६, २०७५
  • 935 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । नेपाली फुटबल टोली यतिबेला नयाँ इतिहास रच्ने ध्याउन्नमा छ । साफ च्याम्पियनसिप फुटबलमा ५ औं पटक सेमिफाइनल पुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । 

नेपाली टोलीले सेमिफाइनलसम्मको यात्रा तय गर्न प्रायजसो खेलाडी फेरबदलमा परे । तर, गोलरक्षक किरण चेक्जोङ र डिफेन्डरमा अनन्त तामाङ, सुमन अर्याल र आदित्य चौधरी पहिलो रोजाइमा पर्दै आएका छन् । त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन विष्टलगायत खेलाडी पहिलो रोजाइमा परेका छन् भने अन्य खेलाडी सस्ब्टिच्युट हुने गरेका छन् ।
नेपालको फिनिसिङ लाइनमा भने स्ट्राइकर विमल घर्तीमगर पहिलो रोजाइमा रहँदै आएका छन् । उनले यो सिजनको साफ च्याम्पियनसिपमा २ गोल गरिसकेका छन् । विमलसँगै नवयुग श्रेष्ठ र भरत खवास रोजाइमा पर्ने गरेका छन् ।

नेपाली टोलीकोे बलियो खम्बा मानिएका डिफेन्डर रोहित चन्दले माल्दिभ्सको टिममा युवाहरु रहेको उल्लेख गर्दै नेपाली टोलीमा पनि युवाहरु रहेकाले माल्दिभ्ससँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताए । नेपालका लागि विमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुनिल बल, आदित्य चौधरी, रोहित चन्दलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

 

टिममा खेलाडीको खडेरी छैन
तीनवटै खेलमा खेलाडीको निकै धेरै फेरबदल भएको छ । नेपाली टोलीका नियमित कप्तान विराज महर्जनसमेत भुटान र बंगलादेशविरुद्धको खेलमा पहिलो रोजाइमा पर्न सकेनन् । भुटानविरुद्धको खेलमा खेलको अन्तिम समयमा महर्जनलाई मैदान प्रवेश गराइए पनि बंगलादेशविरुद्धको खेलमा भने पूरै खेल बेञ्चमा रहे ।

सेमिफाइनलको तयारीमा रहेको नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले अब नेपाली टोलीमा सब्स्टीच्युट खेलाडीको अभाव नरहेको बताएका छन् । उनले भने, “यसअघि हाम्रो टिममा सब्स्टीच्युट गर्न खेलाडीको अभाव हुन्थ्यो । तर, अहिले मेरा खेलाडीले त्यसलाई तोडेका छन् । उनीहरुले प्रुभ गरिसकेकाले अब टिममा खेलाडीको अभाव छैन ।” त्यस्तै, नेपाली फुटबल टिमका कप्तान विराज महर्जनले सेमिफाइनलमा माल्दिभ्ससँगको खेलमा जित निकाल्नेमा टिम कन्फिडेन्ट रहेको तर ओभर कन्फिडेन्ट भने नरहेको बताए । 

सेमिफाइनल पुग्नेक्रममा नेपालले समूह चरणमा पाकिस्तान, भुटान र बंगलादेशको सामना गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानसँग अप्रत्याशित हार व्यहोरेको थियो । पहिलो खेलमा पराजित भएको नेपालले पछि भुटान र आयोजक बंगलादेशसँग सहज जित निकालेको थियो ।

पाकिस्तानसँगको खेलमा कप्तान विराज महर्जनले फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । एक गोल फर्काए पनि अन्तिम समयमा सम्हालिन नसक्दा पराजय व्यहोर्नुपरेको थियो ।

पाकिस्तानसँगको पहिलो खेलमा २—१ गोल अन्तरले पराजित भएको नेपालले भुटानविरुद्ध ४—० गाल अन्तरको फराकिलो जित निकाल्दै खेलमा कमब्याक गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशलाई २—० गोल अन्तरले पराजित गरेको थियो ।

इतिहासमा माल्दिभ्स बलियो, नेपाल कमजोर
नेपाल र माल्दिभ्स चिरप्रतिद्वन्द्वी हुन् । यी दुई टोलीले एक—अर्काविरुद्ध यसअघि अहिलेसम्म १५ पटक खेलिसकेका छन् । नेपाल र माल्दिभ्सको पहिलो पटक भेट सन् १९८४ को साउथ एसियन फेडेरेसन गेम्समा भएको थियो । त्यसमा नेपालले माल्दिभ्सलाई ४—० गोल अन्तरले पराजित गरेको थियो ।

त्यसयताका १५ खेलमध्ये नेपालले ४ खेल जितेको छ भने माल्दिभ्सले ७ खेल जितेको छ । त्यस्तै, यी दुई टोलीले ४ खेल बराबरी खेलेका छन् । नेपाल र माल्दिभ्सको पछिल्लो भेट सन् २०१२ को मैत्रीपूर्ण खेलमा भएको थियो, जुन खेलमा नेपाल २—१ गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved