कस्तो थियो गोरे र सनमको सम्बन्ध ? सनमकी श्रीमती सुनिता भन्छिन्– यतिसम्म होला भन्ने सोचेकी थिइनँ

  • प्रकाशित मितिः जेठ ९, २०७५
  • 1216 पटक पढिएको
  • समय अनलाइन

कस्तो थियो गोरे र सनमको सम्बन्ध ? गोरे भन्थे– सनम ! तिम्रा लागि जे नि गर्छु 

साढे ३३ किलो सुन तस्करीसँग जोडिएपछि हत्या गरिएका सनम शाक्य (बायाँ) र मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे (दायाँ) । तस्बिर सौजन्य : सनमको परिवार 

 


काठमाडौं । ‘विगत अढाई वर्षदेखि सबै काम सनमले गथ्र्यो । सामान हरायो भन्ने सुनेँ, त्यसबेला म कोलकतामा थिएँ । त्यसपछि विमानस्थलका स्टाफलाई सोधियो । सुन खोज्न हिँडियो । खोज्दै जाँदा म भएको भए सनम मर्दैनथ्यो होला । खानपिन झैझगडा भइरहन्थ्यो । सनम मर्ने बेलामा गाडीमा राखेर उनीहरुलाई घरपरिवार र हस्पिटलमा छाड्ने तयारी थियो । हामी वर थियौं । अन्तिममा सनम मर्यो भन्ने खबर आयो । त्यसपछि हामी आत्तियौं,’ पक्राउ पर्नुअघि चूडामणि उप्रेती अर्थात् गोरेले यस्तो भनेको भिडियो सन्देश सार्वजनिक भएको छ । भिडियोमा गोरेले सनमको बारेमा निकै कुरा बताएका छन् । 

 

स्रोतका अनुसार गृह मन्त्रालयले बनाएको विशेष छानबिन समितिले मंगलबार बिहान पक्राउ गरेपछि पनि गोरेले सनमसँगको आफ्नो सम्बन्धका बारेमा बयान दिएका छन् । मंगलबार नै समितिले गोरेलाई मोरङ प्रहरीको जिम्मा लगाएको छ । 
गोरेले अढाई वर्षदेखि सनमले नै आफ्नो काममा सहयोग गरेको बताएका छन् ।

 

कस्तो हो त सम्बन्ध ? 

 

फौजी बाबुका छोरा चूडामणि उप्रती ‘गोरे’ र सामान्य परिवारमा जन्मिएका सनम शाक्य । गाउँ एउटै, उमेर पनि उस्तै । गोरे फुटबलका राम्रा खेलाडी । सनम त्यसबेला पनि सानोतिनो काम गरेर गुजारा चलाउने गरेको उनको परिवार बताउँछ ।
गोरे पछि भारतीय सेनामा भर्ती भए । उनले सार्वजनिक गरेको भिडियो सन्देशमा पनि यो कुरा उल्लेख गरेका छन् ।

 

त्यहाँ पनि उनी फुटबल खेल्ने गर्थे । त्यसपछि दुबई पुलिसमा पनि काम गरे । दुबईमै रहेका गोरेका भाइ रमेश उप्रेतीको होटल रहेको बताइन्छ । 

 

जब गोरे दुबर्इ पुलिसमा भर्ना भए, त्यहीँबाट नै उनले सुन तस्करीको बाटो पत्ता लगाएको हुन सक्ने अनुमान समितिले गरेको छ । सुन तस्करीमा लागेपछि गोरेका कैयौं साथी जोडिए, कैयौं सम्बन्ध तोडिए पनि । गोरेसँग २०७२ पछि जोडिएका एउटा साथी थिए सनम शाक्य । सानैदेखिको सम्बन्ध रहेका गोरेले सनमलाई ‘अब काठमाडौंमा काम गर्नुपर्छ’ भन्दै लगेको आफन्त बताउँछन् ।

 

गोरेले मोरङ उर्लाबारीबाट सनमलाई काठमाडौं ल्याएपछि आफ्नो सबै आर्थिक कामको जिम्मेवारी सुम्पिएका थिए ।

 

गोरेसँग काम गर्न थालेपछि सनमले नियमित रुपमा घर खर्च पठाउन थालेका थिए । सनमकी आमा कल्पनाले बाह्रखरीसँग उनकै घरमा कुराकानी गर्दै भनिन्, “छोराले प्रत्येक महिना कहिले १५ हजार त कहिले २० हजारसम्म पठाउँथ्यो । हाम्रो आम्दानीको स्रोत नभएपछि त्यसैले हाम्रो परिवारको खर्च धानेको थियो ।”

 

सनम त्यसपछि कहिलेकाहीँ मात्रै मोरङ उर्लाबारीस्थित घरमा जान्थे । सनमकी श्रीमती सुनिताले पनि गोरे र सनमको सम्बन्धका बारेमा सुनाइन्, “उहाँहरुको दोस्ती गहिरो थियो । उहाँ (सनम) गोरेले बोलाएपछि जे पनि गर्नुपर्छ र गर्छु भन्नुहुन्थ्यो । घरमा आउनासाथ बोलाए पनि उहाँ हिँडिहाल्नुहुन्थ्यो ।”

 

गोरेले पनि सनमको घरमा बेलाबेला फोन गरिरहन्थे । गत वर्ष साउनमा सनमकी छोरीको जन्मदिनमा गोरे घरमै आएको सुनिता बताउँछिन् । सुनिता भन्छिन्, “गोरेले भाउजू भन्थे । काम राम्रो छ, चिन्ता गर्नुपर्दैन भनिरहन्थे । तर गोरेले यतिसम्म गर्लान् भन्ने सोचेकी थिइन ।”
सनम हत्यामा आफ्नो संलग्नता नभएको गोरेले दाबी गर्दैं आएका छन् भने सनमको परिवार र गोरेका अन्य सहयोगीले प्रहरीलाई दिएको बयानमा गोरेलाई नै दोषी देखाएका छन् ।

 

गोरेले पनि माया गर्थे सनमलाई

 

सनमको परिवारका सदस्यका अनुसार पहिले गोरेले पनि सनमलाई निकै माया गर्थे । उनी गोरेसँगै दुबई पनि गएका थिए, जहाँ गोरेको परिवार पनि थियो । 

 

 

सुन हराएपछि हत्या
 

 

गत माघ पहिलो साता युएईबाट आएको तस्करीको साढे ३३ किलो सुन हराएपछि सबै विषय छताछुल्ल भएको थियो । उक्त सुन खोजी गर्ने क्रममा सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
सनमको परिवारले गोरेकै यातनाले नै सनमको मृत्यु भएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved