मापदण्डलाई कडाइका साथ पालना गराउन उपमहानगरलाई सल्लाह

  • प्रकाशित मितिः भदौ २७, २०७५
  • 1519 पटक पढिएको
  • समय अनलाइन

इटहरी भदौ २६ गते– इटहरी उपमहानगरका विज्ञ सल्लाहकारहरुले सडक, पैनी र खोला अतिक्रमण हुन नदिन मापदण्डलाई कडाइका साथ पालना गराउन उपमहानगरलाई सल्लाह दिएका छन । सल्लाहकार समूहको विहान वसेको वैठकले मापदण्ड वनिसकेको भए मापदण्ड पालना गराउनुपर्ने र मापदण्ड नवनेको भए वनाएर ब्यवस्थित गर्न सल्लाह दिएको विज्ञ सल्लाहकार संयोजक डा दिवाकर रेग्मीले जानकारी दिनुभयो । वैठकमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले खोला पैनीको अधिकार क्षेत्र तोक्न चाँडै कार्यदल गठन गर्ने वताउनुभयो । उहाँले देशैभरका नगरपालिकाहरुमा भवन निर्माण संहितालाई कडाइका साथ कार्यावन्यन गर्न निर्देशन आएको जानकारी दिनुभयो । वैठकमा भूगोलका प्राध्यापक सूर्य राईले सडक,खोला,पैनी अतिक्रमण गरेर मापदण्ड विपरित भवन संरचना वनाउन नहुनेमा जोड दिनुभयो । उहाँले मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो । अर्का भूगोलविद उमानाथ रिजालले इटहरीलाई आधुनिक शहरका रुपमा विकास गर्ने हो भने अहिले देखिनै गुरुयोजना वनाएर अधि वढन सुझाव दिनुभयो । डा वद्रिविशाल पोखरेलले सडक अधिकार क्षेत्र मापदण्ड अनुसार गर्न र खोलापैनी अधिकार क्षेत्रका लागि ब्यवहारिक मापदण्ड वनाएर अघि वढनु पर्ने वताउनुभयो । प्रेम प्रसाद न्यौपानेले पैनी खोलाको अधिकार क्षेत्रका वारेमा राष्टिय सँगै स्थानीय मापदण्ड वनाउनुपर्ने वताउनुभयो । राजेश श्रेष्ठले सडक अधिकार क्षेत्रको मापदण्ड उ वेला वनेपनि कार्यावन्यन चाँहि किन हुन नसकेको भन्ने प्रश्न गर्नुभयो । कानुनी सल्लाहकार प्रेम अधिकारीले वनेका कानुनलाई नाँधेर जान नहुनेमा जोड दिनुभयो । वोधराज नेपालले इटहरीका खोला पैनीहरु नक्सामा एकातिर भएपनि अहिले अर्कातिर वगिरहेका कारण तिनिहरुको वहाव क्षेत्र तोकेर मापदण्ड लागु गरिनु पर्ने वताउनुभयो ।

वैठकमा लेखनाथ घिमिरेले इटहरी उपमहानगरले भएगरेका गतिविधिलाई ब्यवस्थित ढंगले जनतालाई जानकार गराउनुपर्ने वताउनुभयो । इटहरी उपमहानगरका प्रमुख प्रशाशकीय अघिकृत छवि रिजालले इटहरी उपमहानगरले सवै सरोकारवालाहरु छलफल गरेर कानुन कार्यावन्यन गर्ने जनाउनुभयो । वैठकमा इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले राष्टिय राजमार्गमा सडक अधिकार क्षेत्र सडकको विच वाट दुवैतिर २५,२५ मिटर र सेटब्याक ६ मिटर रहेको जानकारी दिनुभयो । खोला किनारवाट सय फिट र पैनीको हकमा १० फिट छाडेर मात्र भवन संरचना वनाउन पाउने मापदण्ड रहेको उहाँले जनाउनुभयो । वैठकमा छलेन सडक परियोजनाका डिभिजनल इन्जिनियर विनोद अग्रवालले इटहरीमा करिव ६ किलोमिटर सडक ६ लेन वन्नु इटहरीकालागि ठूलो अवसर रहेको वताउनुभयो । उहाँले तोकिएको सडक क्षेत्राधिकार मापदण्डलाई आफूहरुले कार्यावन्यन गर्नेै पर्ने वताउनुभयो । अहिले पनि सडक अतिक्रमण भइरहेको र गर्ने प्रयास भइरहेकाले यसले भविश्यमा चुनौती ल्याउनेमा सजग गराउनुभयो । अग्रवालले छ लेन सडक विस्तारकै क्रममा इटहरीमा आकाशेपुल वनाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved