दमक भदौ २६गते– झापामा कपडा व्यवसाय गर्दै आएका खेमराज पौडेलको हत्या भएको छ । कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाका अनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसी स्थित विनोद यादवको खेत नजिकै रहेको नालामा बिहान भेटिएको हो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थलमा उहाको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार बेलुका मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा सवार पौडेल र उहाकी श्रीमती पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए । करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए । सद्धामसँग ९० हजार रुपैयाँ उठाउनु रहेकाले गौरीजञ्ज गएको पौडेलकी श्रीमतीले प्रहरीलाई बताएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । सद्धामसँग गएका पौडेल राति अबेरसम्म नफर्किएपछि उनी अपहरण परेको भनी श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएका थिए । अपहरणमा परेको सूचना पाएलगतै प्रहरीले उहाको रातभर खोजतलास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved