इटहरी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै इटहरीमा पनि दबाब र्याली गरिएको छ ।
‘निर्मलाका निम्ति न्याय’ भन्ने नारासहित इटहरीमा दबाब र्याली गरिएको हो । इटहरी चौकस्थित रेउकाई चौतारीमा भेला भएका सचेत नागरिकले निर्मलाको हत्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गदै दबाब सहितको र्याली आयोजना गरिएको सामाजिक अभियान्ता योसा गुरागाईले जानकारी दिइन ।
‘जनताको भेला’ नाम दिइएको कार्यक्रममा सहभागीहरु इटहरी चौक परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै वक्ताहरुले निर्मला हत्या काण्डमा सरकारले देखाएको उदासिन र दोषीलाई संरक्षण गरेको भन्दै सरकारको कडा आलोचना गरिएको छ । सभालाई इटहरीकी उपमेयर लक्ष्मी गौतमले समेत सम्बोधन गरिन् । गौतमले देशभर बढी रहेको बलात्कार नियन्त्रण गर्न सरकार चुकेको भन्दै महिला तथा बालिकाहरुको सुरक्षाको लागी सरकार गम्भीर हुनु पर्ने बताईन । निर्मलाको हत्यामा संलग्न जो कोहीलाई बाहिर ल्याउनु पर्ने उनले माग गरिन ।
संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य पदम अधिकारीले निर्मला हत्या काण्डमा प्रहरी प्रसाशन दोषी रहेको आरोप लगाए । प्रहरी नै दोषीलाई जोगाउने खेलमा लागेको भन्दै गृहमन्त्रीले घटनामा निस्पक्ष तवरले छानबिन गर्नुपर्ने बताए । सभामा बोल्ने सबैले निर्मला हत्याको बिरोध गदै न्यायका लागी अझै देशभर आन्दोलनको आबश्यक रहेको धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved