इटहरीमा दसैँ महोत्सव , हेलिकप्टरबाट पाथिभरा दर्शन गराइने

  • प्रकाशित मितिः भदौ ३०, २०७५
  • 996 पटक पढिएको
  • समय अनलाइन

इटहरी÷आगन्तुकको सम्मानका लागि हेलिकप्टरबाट फूल बर्साउने विशेष आकर्षक योजनासहित एरिना टेलिभिजनले इटहरीमा दसैँ किनमेल महोत्सव तथा पर्यटकीय मेला आयोजना गर्ने भएको छ ।

टेलिभिजनले व्यावसायिक प्रवर्धनका लागि पहिलो पटक आयोजना गर्न लागेको सो महोत्सवमा इटहरीदेखि हेलिकप्टरबाट ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन, भेडेटार हुँदै कोसीटप्पु, धरान, इटहरीलगायतको हवाई दृश्यावलोकनसहित आकर्षक प्याकेजहरू समावेश गरिएको छ ।
प्रदेश १ का पर्यटकीय क्षेत्रको प्रवर्धनलाई विशेष महत्त्व दिइने सो महोत्सव अवधिमा घुडसवारी, तमोरमा ¥याफ्टिङ, भेडेटारबाट प्याराग्लाइडिङ, तालतलैयामा बोटिङको विशेष प्याकेज समावेश गरिएको टेलिभिजन ले जनाएको छ ।
व्यवस्थापक विजय गिरीका अनुसार महोत्सवमा दसैँलाई लक्षित गरी खाद्यान्न्न, लत्ताकपडा, अटोमोबाइल, घरेलु उत्पादन, सजावट सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ । महोत्सव स्थलमा सुरक्षाका लागि सिसि टिभि, ड्रोन क्यामेरालगायत तालिमप्राप्त सुरक्षाकर्मी व्यवस्थापन गरिएको गिरीले बताए ।
महोत्सव असोज १९ देखि कात्तिक २ गतेसम्म इटहरी जनता माविको खेलमैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved