इटहरी । इटहरीको रंगशालामा इटहरी उसु क्वानको आयोजनामा दोश्रो इन्डो नेपाल आमन्त्रण उसु प्रतियोगीता खेल सुरु भएको छ । दुई दिन सम्म चल्ने खेलको सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले उत्घाटन गरेका छन् ।
इटहरीमा दोश्रो पटक भएको खेलमा जम्मा दुईसय ४५ जना खेलाडीको सहभागीता रहेको छ भने केहि भारतबाट समेत खेलमा सहभागीता जानएका छन् । खेलकुदले मानिसको दैनिकी परिवर्तन हुन सक्छ भने राष्ट्रको पहिचान पनि हुन सक्ने भएकाले यो खेलको आयोजना गरिएको क्वानका अध्यक्ष मिन कुमार शारुमगरले जानकारी दिए । खेलको पहिलो टिमलाई २५ हजार नगद सहित प्रमाण पत्र, ट्रफि लगायत दोश्रो र तेश्रोलाई क्रमश १५ हजार र १० हजार दिने मगरले जनाएका छन् ।
इटहरीलाई पछिल्लो समय स्पोर्टस सिटि बनाउने अभियान चलिरहेका बेला बेलाबेला हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदले इटहरी चिनाउने भएको हुदाँ इटहरी उपमहानगरपालीले पनि खेलकुदको क्षेत्रमा ध्यानदिनु पर्ने आयोजकले बताएको छ ।