प्रदेश नं. १ मा कार्यरत हेल्थ असिष्टेण्टहरु आन्दोलीत

  • प्रकाशित मितिः भदौ ३१, २०७५
  • 1293 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश नं. १ मा कार्यरत हेल्थ असिष्टेण्टहरु आन्दोलीत भएका छन । हेल्थ असिष्टेण्ट संघ नेपाल प्रदेश नं. १ ले इटहरीमा बिरोध प्रदर्शन गदै आफ्ना जायज माग पुरा नगरे सरकार बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन । इटहरी चौकमा हेल्थ असिष्टेण्टहरुले प्ले कार्ड सहित उभिएर आफ्ना माग सम्बोधनको लागी दबाब दिएका थिए । हेल्थ असिष्टेण्ट संघ प्रदेश नं. १ ले ९ वटा मागहरु राखेको छ । हेल्थ असिष्टेण्ट संघ नेपाल प्रदेश नं. १ ले इटहरीमा बिरोध प्रदर्शन गदै आफ्ना जायज ९ वटा मागहरु तत्काल संम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १४ गते संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको स्थानिय तहमा सागठनिक संरचनाको अवधारणा प्रति संघको बिरोध रहदै आएको छ । संघले अवधारणाको बिरोध गदै उठाएका माग संम्बोधन गर्न आग्रह गरेका छन् । हेल्थ असिष्टेण्ट संघ नेपाल प्रदेश नं. १ ले स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुका सम्पूर्ण पद सृजना गर्नुपर्ने, दरबन्दी पूर्नसंरचना गर्दा पदयी जेष्ठता र न्यूनतम शैक्षिक योग्यताको आधारमा गर्नुपर्ने, मौजुदा स्वास्थ्य सेवा ऐन अन्तर्गत हेल्थ असिष्टेण्ट पद नै स्वास्थ्य चौकी प्रमुख हुनु पर्ने, लगायतका माग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved