नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार

  • प्रकाशित मितिः भदौ ३१, २०७५
  • 970 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । 

गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ जनाले भिडियो एक्सरे र ४७ जनाले ल्यावटेष्ट गराउँनुका साथै ३ सय २७ जना बिरामीले निःशुल्क उपचार सेवा लिए । गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि उपचारका लागि शिविरमा आएका थिए । यता, बेलवारी नगरपालिका–८ बिहिबारेमा सोमबार गरिएको शिविरमा ६ सय ८ जना बिरामीले निःशुल्क उपचार गराए । शिविरमा ८२ जनाको भिडियो एक्सरे, ६५ जनाको ल्यावटेष्ट र २१ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका ५५ जनालाई नोबेल अस्पताल रिफर गरिएको छ । शिविर चलिरहदा बर्षा भएतापनि बिरामीहरु बर्षातको प्रवाह नगरी उपचारका लागि आएका थिए ।

त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका–६ सुकचरमा बिहिबार सञ्चालित शिविरबाट ४ सय ३२ जना बिरामीले निःशुल्क उपचार पाए । स्थानीय नारायण माध्यमिक बिद्यालयमा भएको शिविरमा ६७ जनाको भिडियो एक्सरे, ३६ जनाको ल्यावटेष्ट र २८ जनाको ईसीजी गरिएको छ । त्यस्तैगरी, मोरङको ग्रामथान गाउँपालिका स्थित तेतरियामा पनि शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार १ सय ७६ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा २ सय ८३ जनाको भिडियो एक्सरे, १ सय ७३ जनाको इसीजी र २ सय ९० जनाको ल्याबटेष्ट गरिएको छ । शिविरमा हाडजोर्नी, दम, रुघाखोकी र आँखामा समस्या भएका विरामी बढी आएका थिए ।

नोबेलले गर्ने हरेक शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोली गएर मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको छ । गाउँ–गाउँमा शिविर चलाईदा उपचारमा धेरै सहज भएको शिविरमा आएका बिरामीले प्रतिक्रिया दिएका छन् । निःशुल्क शिविरबाट धेरै राहत मिलेको बिरामीहरुबाट प्रतिक्रिया आईरहेकाले पूर्वका बिभिन्न जिल्लामा शिविरलाई निरन्तरता दिईने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । बिपन्न बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएको नोबेलले गत आर्थिक बर्ष शिविरमार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved