जनताका १० विद्यार्थीले पाए १ लाख बढीको छात्रवृत्ति

  • प्रकाशित मितिः भदौ ३१, २०७५
  • 915 पटक पढिएको
  • समय अनलाइन

इटहरीः जनता उच्च मावि इटहरीमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्व विद्यार्थीहरूको एक समूहले आइतबार छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका १० जना विद्यार्थीलाई प्रतिभा पुरस्कारस्वरुप छात्रावृत्ति वितरण गरिएको हो ।

२०४६ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूको समूहले कक्षा १ देखि १० सम्म उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीलाई कक्षाअनुसार नगद र वितरण गरेको हो । 
१० जना विद्यार्थीलाई १ लाख १ हजार ४ सय रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयका पूर्व विद्यार्थी संजोग पराजुलीले जानकारी दिएका हुन् । विद्यालयका पूर्व विद्यर्थी तथा छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक बाबुराम प्रधानका अनुसार कक्षा १ मा अध्ययन गर्ने विद्यार्थी रिया सहनीका लागि पूर्व विद्यार्थी शुभलक्ष्मीले ६ हजार ५ सय रुपैयाँ छात्रवृत्ति स्वरूप प्रदान गरेकी छिन् ।

त्यस्तै, कक्षा २ मा अध्ययनरत रोहन शाहलाई पूर्व विद्यार्थी शान्ति सुवेदीले ७ हजार रुपैयाँ प्रदान गरेकी छिन् । कक्षा ३ मा अध्ययन गर्ने फूलमाया तामाङलाई प्रीति खनालले ७ हजार ५ सय रुपैयाँ र कक्षा ४ का विद्यार्थी गगन शर्मालाई गणेश अधिकारीले ८ हजार १ सय रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रममा कक्षा ५ का विद्यार्थी सपना दास, कक्षा ६ की विद्यार्थी स्मृति मल्लिक र कक्षा ७ का विद्यार्थी सुशान्त ढकाललाई छात्रवृत्ति दिइएको छ । उनीहरूलाई पूर्व विद्यार्थीहरू पवित्रा बजगाईं, सुदेशा बिष्ट र राकेश चौधरीले क्रमशः नगद ८ हजार ८ सय, ९ हजार ५ सय र १० हजार ३ सय रुपैयाँ प्रदान गरेका हुन् ।

कक्षा ८ का विद्यार्थी सिद्धान्त ढुङ्गेललाई पूर्व विद्यार्थी भाइसन बर्देवाले र कक्षा ९ की विद्यार्थी जेनिसा मिश्रलाई पूर्व विद्यार्थी उमेश पौडेलले क्रमशः ११ हजार २ सय र १२ हजार ५ सय रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै, ०४६ सालको ब्याचका सम्पूर्ण विद्यार्थीको तर्फबाट कक्षा १० का विद्यार्थी बेगमकुमार चौधरीलाई एकमुष्ट २० हजार रुपैयाँ प्रदान गरिएको पराजुलीले बताए ।

6atra
प्रतिभा पुरस्कार स्वरूप यस वर्षदेखि दिन थालिएको छात्रवृत्ति आगामी वर्ष पनि जारी रहने पराजुलीले बताए । कार्यक्रममा पराजुलीका साथै विद्यालयको शिक्षक अभिभावक सङ्घका तर्फबाट अध्यक्ष विश्वनाथ ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गाल, विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेल लगायतले बोलेका थिए ।

२०१३ सालमा स्थापना भएको सो विद्यालयमा अध्ययन गर्ने थुप्रै विद्यार्थी अहिले डाक्टर, इन्जिनियर, शिक्षक, राजनीतिज्ञ तथा व्यवसायी भएका छन् । ०४६ सालको ब्याचका विद्यार्थीहरूको मात्र एक समूह बनाएर पहिलो पटक पूर्व विद्यार्थीहरूको तर्फबाट छात्तवृत्ति प्रदान गरिएको हो । आगामी वर्षदेखि भने सोही विद्यालयबाट एसइई दिएर सोही विद्यालयमा प्लस टुमा पढ्ने मेधावी विद्यार्थीलाई पनि छात्रवृत्ति दिइने पराजुलीले बताए ।

जनता स्कुलका विद्यार्थीहरूको हितका लागि ५ लाखभन्दा बढी रुपैयाँको अक्षयकोष समेत खडा गरेको पुरस्कार वितरण कार्यक्रमका संयोजक प्रधानले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved