जनता स्कुलका पूर्व विद्यार्थी छात्रवृत्ति प्रदान गर्दै

  • प्रकाशित मितिः भदौ ३१, २०७५
  • 1601 पटक पढिएको
  • समय अनलाइन

इटहरीः जनता माध्यमिक विद्यालय इटहरीका पूर्व विद्यार्थीले अहिले केही समयपछि हाल अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै छन् ।

सो स्कुलको २०४६ सालको ब्याच (२०४६ सालमा एसएलसी दिने) का विद्यार्थीले अहिले केही बेरमा १ लाख १ हजार ४ सय रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने विद्यालयका पूर्व विद्यार्थी संजोग पराजुलीले जानकारी दिएका हुन् ।

विद्यालयका पूर्व विद्यर्थी तथा छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक बाबुराम प्रधानका अनुसार कक्षा १ मा अध्ययन गर्ने विद्यार्थी रिया सहनीका लागि पूर्व विद्यार्थी शुभलक्ष्मीले ६ हजार ५ सय रुपैयाँ छात्रवृत्तिस्वरूप प्रदान गर्ने भएकी छिन् ।

त्यस्तै कक्षा २ मा अध्ययनरत रोहन शाहलाई पूर्व विद्यार्थी शान्ति सुवेदीले ७ हजार रुपैयाँ प्रदान गर्ने भएका छन् । कक्षा ३ मा अध्ययन गर्ने फूलमाया तामाङलाई प्रीति खनालले ७ हजार ५ सय रुपैयाँ र कक्षा ४ का विद्यार्थी गगन शर्मालाई गणेश अधिकारीले ८ हजार १ सय रुपैयाँ प्रदान गर्ने भएका छन् ।

कार्यक्रममा कक्षा ५ का विद्यार्थी सपना दास, कक्षा ६ की विद्यार्थी स्मृति मल्लिक र कक्षा ७ का विद्यार्थी सुशान्त ढकाललाई छात्रवृत्ति दिइने भएको छ । उनीहरूलाई पूर्व विद्यार्थीहरू पवित्रा बजगाईं, सुदेशा बिष्ट र राकेश चौधरीले क्रमशः नगद ८ हजार ८ सय, ९ हजार ५ सय र १० हजार ३ सय रुपैयाँ प्रदान गर्ने भएका हुन् ।

कक्षा ८ का विद्यार्थी सिद्धान्त ढुङ्गेललाई पूर्व विद्यार्थी भाइसन बर्देवाले र कक्षा ९ की विद्यार्थी जेनिसा मिश्रलाई पूर्व विद्यार्थी उमेश पौडेलले क्रमशः ११ हजार २ सय र १२ हजार ५ सय रुपैयाँ प्रदान गर्ने भएका छन् ।

त्यस्तै, ०४६ सालको ब्याचका सम्पूर्ण विद्यार्थीको तर्फबाट कक्षा १० का विद्यार्थी बेगमकुमार चौधरीलाई एकमुष्ट २० हजार रुपैयाँ प्रदान गरिने पूर्व विद्यार्थी पराजुलीले बताए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved