प्रदेश न १ – संविधान दिवस विशेष

  • प्रकाशित मितिः आश्विन २, २०७५
  • 805 पटक पढिएको
  • समय अनलाइन

नेपालको ईतीहासमा २००४ सालमा तत्कालीन राणा शाशक चन्द्र शम्शेरको पालमा पहिलोपटक लिखित कानुनको दस्तावेज निमार्ण भएको थियो । त्यसपछी २००७ साल, २०१५ , २०१९ , २०४७ , २०७२ साल , गरी पटक–पटक तत्कालीन शाशक तथा जनता र राजनैतिक नेतृत्वहरुबाट आ–आफ्ना ईच्छा अनुसार जनताको चाहाना भनी संविधान लेखिएको ईतिहास छ । २०७२ सालमा जारीभएको नयाँ संविधानका बिषयमा धेरै टिक्का टिप्पणी हुने गरेका छन ।२०६२÷२०६३ सालको जनआन्दोलन पछी मुलुकमा राजनितीक परीर्वतन भयो । संघियताको अवधारणा अयो । गाँउ गाँउमा सिंहदरबार भन्ने नारा राम्रो संग घन्कीयो । नयाँ संविधान समेत जारी भएको ३ बर्ष पुरा भयो । तर जनताको जिवन स्तरभने जाँहाको त्याँहि छ । महगि बढ्यो , कर बृद्धि भयो । तर जनताले राहात भन्दा आहात बढी पाए । जिवनस्तर उक्सीने भन्दा घट्ने क्रम बढ्यो । आयस्तर घट्यो , कर बढ्यो ।
हाल मुलुकको राजनीतिक परीस्थिती र जनताको त्याग तपस्या बाट मुलुकमा शान्ति र अमन चयन कायम गर्न आएको संविधान हो । नयाँ संविधानमा संघियता धर्म निरपेक्षता , गणतन्त्र , आमाको नामबाट नगरिकताको प्राधान , बृहत्त मौलीक हक अधिकार , संबैधानीक अङगहरुमा बृद्धि , धेरै आयोगहरुको प्रवन्ध , मन्त्री परिषद सदस्य किटान , गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने सम्बन्धि व्यवस्था, राज्यको माथिल्लो पदमा लैङगीक प्रतिनिधित्वको सुनिश्चीतता भयो तर त्याँहि संविधानले ग्यारेन्टि गरेको स्वास्थ्य शिक्षा रोजार जस्ता समस्याबाट जनता आक्रान्त छन । संविधन जारी भईसकेपछी देशले ५ सय भन्दा बढी संसाद करिब १ सय जना मन्त्री पायो । तीनै सांसद र मन्त्रीहरुनै जनताकै नाम बेचिरहेका छन ।
प्रदेश न १ सरकारले १ सय ३७ वटै स्थानीय तहमा संविधान दिवस मनाउनका लागि निर्देशन दिइसकेकोे छ । संविधान संसोधनको मुद्धालाई उठाएर एक बर्ष लामो आन्देलन गरेको संघिय समाजवादी पार्टी सरकारमा छ त्यसैले चुपलागेर बसेको छ । तर प्रदेश न १ को प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले मधेशका जायज मागको संम्बोधनका मुद्धालाई संम्बोधन उठाउदै आएको छ । तर प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर प्रदेश १ मा दीपावलीसहित उत्सव मनाउने प्रदेश सरकारले तयारी गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५सय १ सदस्यीय समिति गठन गरी प्रदेश सरकारले संविधान दिवसको अवसरमा दीपावलीसहित उत्सव मनाउने तयारी गरेको हो । प्रदेश सरकारले संविधान दिवसको अवसरमा घर घरमा दीपावली गर्न पनि सबैलाई आग्रह गरेको छ ।तर नेपाल कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकार रहेका बेला नेकपाकै नेताहरु जनता अधिकार सम्पन्न नभएको बताउछन । नयाँ संविधानले किटान गरेका आधारभुत आवाश्यकता र गाँउगाँउमा अधिकार नपुगेसम्म संविधान कान्वयन भएको मान्न नसकिने नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीको भनाई छ ।

यता काग्रेसका पुराना नेताहरु २०७२ को संविधान जारी पछी परिवेशलाई संविधान कार्यान्वयन योग्य नभएको बताउछन । सरकारबाट पटक–पटक संविधानको उल्लंघन गरेको दावी  गरीरहेका छन । पहिला सरकार आफैले संविधान कायन्वयन गर्नुप¥यो त्यसपछी जनतालाई भन्नु पर्ने विभिन्न पार्टीका नेताहरुको भनाई छ ।
यता प्रदेश नं १ का प्रमुख प्रा डा. गोविन्द बहादुर तुम्हाङले प्रदेश बासीको नाममा संम्बोधन गर्नुभएको छ । उहाँले देशबासी र प्रदेशबासी सबै मिलेर संविधान कार्यन्वयन गर्न लाग्नु पर्नेमा जोड दिनु भएको छ । जनताको त्याग र बलीदानीबाट प्राप्त नयाँ संविधानलाई सबैको अपनत्व हुने खालको बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved