प्रदेश १को नामाकरणका बिषयमा इटहरीमा बृहत छलफल

  • प्रकाशित मितिः आश्विन २०, २०७५
  • 1252 पटक पढिएको
  • समय अनलाइन

प्रदेश नम्बर १को नामका बिषयमा इटहरीमा बिभिन्न ब्यक्तिहरुले आफ्ना धारणा राखेका छन्। नागरीक समाज इटहरीले एक नम्बर प्रदेशको नामकरणका बिषयमा गरेको कार्यक्रममा बिश्लेषकहरुले आ आफ्ना धारणा राखेका हुन्।

राजधानीको बिषयमा अवधारणापत्र प्रस्तुत गर्ने क्रममा भूगोलका ज्ञाता उमानाथ रिजालले एक नम्बर प्रदेशको नाम कोशी प्रदेश राख्नुपर्ने तर्क प्रस्तु गर्नुभएको थियो। धेरैबर्ष अघि देखि नेपाललाई प्रादेशिक बिभाजन गर्दा पूर्व पश्चिमलाई कोशी राखेको भन्दै सबैलाई मान्य हुने नाम कोशी प्रदेश भएको तर्क प्रस्तुत गर्नुभएको थियो।

पहिचानवादी अभियन्ता जनकऋषि राईले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो। किराँत नाम जात नभएको तर्क दिदै राईले किरात इतिहास रहेको भन्दै प्रदेश एकको नाम किरात प्रदेश हुनुपर्ने बताउनुभयो। राईले किरात शब्द नेपालको सँस्कृतिसँग मेल खाने भन्दै प्रदेश एकको नाम किरात प्रदेश राख्नुपर्ने जिकिर गर्नुभयो।

सुनसरीका सत्यनारायण माझीले प्रदेश एकको नाम सगरमाथा राख्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो। प्रदेश १को मात्र नभई संसारकै अग्लो सगरमाथालाई प्रदेशको नामकरण गर्नुपर्ने तर्कमा कार्यक्रममा उपस्थितले समर्थन स्वरुप ताली बजाएका थिए।

एक नम्बर प्रदेशको नाम सगरमाथा राखे सबै जातजातीलाई समेत मान्य हुने उहाँको भनाई थियो। बिदेशी मुद्रा आर्यआर्जन गर्ने मुख्य श्रोत सगरमाथालाई राजधानी बनाउन सकिने धारणा प्रस्त गर्नुभयो।

त्यस्तै धरानका बिजय लुम्फुङवा लिम्बुले एक नम्बर प्रदेशको नाम किराँत– लिम्बुवान राख्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो। अरुणपूर्व लिम्वुवान ऐतिहासिक भौगोलिक क्षेत्रगत आधार भएको तर्क गर्दै लिम्बुले गोर्खा राजा देखि शाहवंश सम्मले पल्लो किरात लिम्बुवान भनेर उल्लेख गरेको तथ्य प्रस्तुत गर्दै लिम्बुले सबै हिसावले किरात लिम्बुवान बनाउनु उपयुक्त हुने बताउनुभयो।

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा, उपसभामुख सरस्वती पोखरेललगायत एक नम्बर प्रदेशका सांसदहरु र सामाजिक अगुवाहरुको उलेख्य उपस्थिती थियो।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved