​धरानका मासु पसलमा कडाई

  • प्रकाशित मितिः असोज २३, २०७५
  • 1149 पटक पढिएको
  • समय अनलाइन

धरान । नजिकिदै गरेको चाड पर्वलाई मध्यनजर गरि धरान उपमहानगरपालिकाले मासु पसलहरुलाई कडाई गरेको छ । 

स्वस्थ्य मासु बिक्रि वितरणका लागि नियमित रुपमा मासु पसलहरुमा अनुगमनलाई निरन्तरता दिएको छ । हप्तामा दुई पटक सम्म मासु पसलहरुमा अनुगमन गर्दै स्वस्थ्यकर मासु बिक्रि वितरण गर्न कडाई गरेको हो । 

अघिल्लो विहिबार अनुगमनमा निस्किदा वर्षमा एक चोटी अनुगमन गरेर छाडेको आलोचना भएपछि धरान उपमहानगरपालिका अन्र्तगतको अनुगमन समितीले एक साताभित्रै दोस्रो पटक मासु पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनलाई कडाई गरे पनि मासु पसलहरुमा सुधार भने देखिएन् । गत विहिबारको अनुगमनमा देखिएका गल्तीहरु नै पुनः दोहोरयाएका थिए । स्वस्थ्यकर मासु बिक्रि वितरणका लागि बनिएका मापदण्डहरु कडाईका साथ पालना नहुँदा गुणस्तरमा कुनै शुद्धिकरण नभएको उपभोक्ताहरुको गुनासो छ ।

पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ ले मासु पसल खोल्न अनिवार्यरुपमा जिल्ला पशुसेवा कार्यालयबाट इजाजत पत्र लिनुपर्ने कानुनी व्यवस्था गरेको छ । तर, धरानका अधिकांश पसलले यो इजाजत पत्र लिएको छैन । थोरै व्यावसायीले मात्र धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गरेको पाईएको छ । 

मासु पसलहरुमा मासुलाई अनिवार्यरुपमा सिसाले कभर गरेर राख्नु पर्नेमा खुल्लमखुल्ला बिक्री गरेर उपभोक्ताको स्वास्थ्य माथि गम्भीर खेलवाड गरेको समितीका पदाधिकारीहरु बताउँछन् । सडकको धुलो र फोहोर ड्रेनको दुर्घन्धले मासुमा हानिकारक ब्याक्टेरिया पर्ने र यसले मासुलाई अखाद्य, गुणस्तरहिन बनाउने गर्छ । 

यस्तै, कुनै पनि पसलमा मासुको मुल्य सुची पनि थिएन भने डिप फ्रिजमा राखेर मात्र मासु बिक्री गर्नुपर्नेमा कतिपयले डिप फ्रिज पनि नराखेको भेटिएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved