नेकपा र काग्रेस बिच झडप : गोली लागी कांग्रेस कार्यकर्ताको मृत्यु

  • प्रकाशित मितिः कार्तिक १३, २०७५
  • 890 पटक पढिएको
  • समय अनलाइन

जनकपुर । सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको मृत्यु भएको छ । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् ।  

गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए।

बिहान ८ बजे गोली प्रहारबाट महतोको घटनास्थलमा नै मृत्यु भएको हो। अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ। घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ।

मृतक महतो रामनगर गाउँपालिका वडा नं. ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन्। वडा अध्यक्षमा कांग्रेसबाट महतो निर्वाचित भएपछि तत्कालीन माओवादी समर्थकसँग पटकपटक विवाद हुँदै आएको छ। सोमबार वडा अध्यक्ष महतोलाई हातपात समेत भएको थियो।

नेपाली कांग्रेसका प्रदेश सांसद उपेन्द्र महतोका अनुसार मंगलबार बिहान नेकपाका कार्यकर्ताले घरमा घेरा हाली तोडफोड गर्नुको साथै गोलीचलाएकाथिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved