सशस्त्र प्रहरीद्वारा डेढ लाख बराबरको पटाका बरामद

  • प्रकाशित मितिः कार्तिक १३, २०७५
  • 1150 पटक पढिएको
  • समय अनलाइन

इनरुवा । सशस्त्र प्रहरी बल सुरक्षा पोस्ट भुटहाले भारतीय बजारबाट ल्याएको पटाका बरामद गरेको छ । चाडपर्वको समयमा पटाकाजन्य पदार्थमा निगरानी बढाएपछि सिमा क्षेत्रबाट पछिल्लो समयमा पटाका बरामद हुन थालेको हो ।

सोही क्रममा सशस्त्र प्रहरीले इनरुवा नगरपालिका ९ बबिया बाट चार वटा साइकल सहित ४ बोरा पटाका जन्य पदार्थ नस्ट गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कुमार नेतृत्वको टोलिले भारतीय बजारबाट ल्याएको अवैध पटका जन्य पदार्थ नियन्त्रण लिई नस्ट गरेको जनाएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक थापाका अनुसार भारतीय बजारबाट ल्याएको १ लाख ५१ हजार ९ सय बराबरको विभिन्न पटका जन्य पदार्थ सहित चार वटा साइकल बरामद गरी आवश्यक कार्वाहीको लागि मुल भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ । चाड पर्वलाई लक्षित गरेर सुनसरीको सिमा क्षेत्रहरुमा सशस्त्र प्रहरीले विशेष टोलि परिचालन गरेको डि.एस.पि निर्मल कुमार थापाले जानकारी दिए । चाडपर्वको समयमा सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले आपराधिक गतिविधि न्यूनीकरण गर्न नियमित गस्ती गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved