मन्त्री घिमिरे द्धारा सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयबाट आचार्यमा सर्वोकृष्ट बिद्यार्थी पौडेलाई सम्मान

  • प्रकाशित मितिः मंसिर ४, २०७५
  • 1166 पटक पढिएको
  • समय अनलाइन

इटहरी, २ मङ्सीर । प्रदेश एकका समाजिक विकासमन्त्री जीवन घिमिरेले नेपाली विद्यार्थीकै मान सम्मान र इज्जत राख्ने कार्यमा अब्बल योगदान पु¥याएको प्रति हामी सवैले संस्कृति विषयका विद्धान लेखनाथ पौडेलप्रति गौरव अनुभूति गर्ने कार्य भएकोमा खुशी बयक्त गर्नुभयो ।

राधाकृष्ण बेद विद्याश्रम चतरा बराहक्षेत्रमा प्राथमिक तह अध्ययन गरी भारतको बनारस स्थित सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयबाट आचार्यमा सात स्वर्ण तथा एक रजत पदक प्राप्त गरेको भन्दै आज पौडेललाई चतरामा विशेष सम्मान गरिएको छ ।
उक्त विश्वविद्यालयबाट स्नाकोत्तर अर्थात आचार्यमा लेखनाथ पौडेल, डा. गङ्गानाथ झा लगायत सातवटा स्वर्ण पदक तथा एक रजत पदकद्धारा भारत सरकारले उच्च मुल्याङ्कन सहित सम्मान गरेको भन्दै आज उहाँलाई चतरामा सम्मान गरिएको हो ।

सोही अवसरमा उक्त विद्याश्राममा प्राथमिक तह अध्ययन गरी संस्कृत विषयमा स्नाकोृत्तर तहमा उच्च श्रेणीमा उतीर्ण गर्नुभएका सुशिल भट्टराई, दिनेश कौशिक राधिका निर्रौलालाई पनि सम्मान गरिएको छ । उक्त अवसरमा चतरा विद्यापीठका संरक्षक एवम नेपालमा प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले राष्टको« गरिमा राख्ने कार्य गरेकोमा आफुहरु ज्यादै गौरवान्ति भएको छौ भन्नुहुँदै प्रसन्नता ब्यक्त गर्नुभयो ।

साथै उक्त अवसरमा बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनालले सुनसरी जिल्लामात्र नभई पुरै देशको गौरव बढाउने कार्यमा पौडेलले प्राप्त गर्नुभएको योगदान सवैका लागि स्मरणीय रहनेछ भन्नुभयो ।

विद्यालय ब्यवस्थापन समतिका अध्यक्ष मनोज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सम्मानित ब्यक्तित्व लेखनाथ पौडेललले आफुले दुई छाक भात खानकै लागि संस्कृत विषय पढ्न आएको विगत स्मरण गर्नुहुँदै नेपाल सरकारले संस्कृत विषयप्रति देखाएको उदासिनतालाई अव छोड्न जरुरी छ भन्नुभयो ।

साथै सो अवसरमा लेखनाथ पौडेलको माता सीता पौडेल र पिता नन्दलाल पौडेललाई पनि सम्मान गरिएको थियो । लेखनाथ पौडेललाई विद्यापीठ बाहेक अरु एक दर्जन बढि सङ्घ संस्था र स्थानीय तहका तर्फवाट समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved