कोसीहरैंचा उद्योग बाणिज्य संघको साधारण सभा सम्पन्न  

  • प्रकाशित मितिः मंसिर ४, २०७५
  • 2335 पटक पढिएको
  • समय अनलाइन

सुन्दरहरैंचा । कोसीहरैचा उद्योग वाणिज्य सङ्घको ८ औ वार्षिक साधारण सभा पानस पाटी प्यालेस विराटचोकमा शनिबार सम्पन्न भएको छ ।वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभत्त ढकाल रहेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गदै उद्योग क्षेत्रको कामलाई अभैm परिस्कृत बनाउदै लैजान सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा कोसीहरंैचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंले साधारण सभाको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५४ सालबाट व्यापारी वर्गको हकहित र अधिकारका निम्ति संगठित रुपमा काम गर्दै आएको कुरा प्रतिवेदन मा उल्लेख गरिएको थियो । साथै आफ्नो नेतृत्वमा हँुदा गरेका कामहरु बँुदागत रुपमा प्रस्तुत गदै सार्वजनिक शौचालय, सी.सी क्यामेरा, सोलार सडक बक्ति, वाढिपीडित लाई राहत वितरण, एक्स्पो सन्चालन, व्यापारीहरुसंग अन्तरकृया लगायत थुप्रै कार्य गरेको समेत प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा लेखा समितिका तर्फबाट प्रतिवेदन लेखा संयोजक अर्जुन गजुरेलले राखेका थिए ।

कार्यक्रममा यहि भदौँ १५ गते विराटचौक स्थित थापा सुनचाँदी पसलमा लुटपाट गर्ने लुटेरालाई सहासका साथ पक्राउ गर्न सफल विश्वराज भण्डारी, अर्जुन गुरुङ, कुमार गिरी र पर्वत तमोट लाई सम्मान गरिएको थियो । यस्तै पुराना व्यवसायी सिताराम शाह र फेकन शाह लाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बक्ताहरुले समसामयिक विषय वस्तुको बारेमा प्रकाश पादै कोसीहरंैचा तथा सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घ एक भएर जानुपर्ने धारण राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णप्रसाद रिजालले गरेका थिए भने कार्यक्रम सञ्चालन सङ्घका वाणिज्य सचिव नारायण कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved