विराटनगर/ मोरङ जिल्लामा फैसला कार्यन्यन बर्षको सुरुवात भएको छ । आइतबार जिल्ला अदालत मोरङबाट फैसला भएका तर असुल नभएको फैसला कार्यन्यनकालागि बर्ष दिने अभियान सुरु भएको हो । मोरङ जिल्लाबाट २००१ सालदेखिका अदालतका निर्णयहरु पूर्ण कार्यान्वायन भएका छैनन् । मोरङ जिल्लाबाट ४ हजार ४ सय १० बर्ष १ महिना १ दिन कैद सजाय असुल हुन बाँकी छ । त्यस्तै १७ करोड २० लाख ३८ हजार ७ सय १८ रुपैया जरिवाना असुल हुन बाँकी छ ।
सजाय तर्फ गतबर्षबाट ३ हजार ८सय ६७ बर्ष ३ महिना १३ दिन जिम्मेवारी सरेको थियो भने चालु आर्थिक बर्षको ७ महिनाको ६ सय ५९ बर्ष ६ महिना १५ दिन सजाय मध्ये १ सय १६ बर्ष ८ महिना २७ दिन असु भएको छ भने जरिवाना तर्फ १५ करोड ४८ लाख ५६ हजार ५ सय ८३ रुपैयाँ गतबर्षको जिम्मेवारी सरेको थियो भने चालु आर्थिक बर्ष २ करोड ७ लाख ७३ हजार ८०२ रुपैया मध्ये ३५ लाख ९१ हजा ६६७ रुपैया असुल भएको छ ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणी ओझाले फैसला कार्यन्यनकालागि स्थानीय तहहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
सर्वाेच्च अदालतको फैसला कार्यन्यन अभियान अन्तरगत मंसिर २ गतेदेखि मोरङमा पनि फैसला कार्यन्यन बर्ष सुरु भएको बताउदै उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved