काठमाडौं – तपाईँ विदेशबाट फर्किएर देशमै केही गर्न चाहनुहुन्छ ? तपाईँसँग सीप पनि छ तर साथमा पैसा नभएर समस्या परेको छ ? यदि त्यसो हो भने तपाईँले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सहुलियत ऋणका लागि निवेदन दिन सक्नुहुन्छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहने सीप भएकालाई १० लाख रुपैयाँ सहुलियत ऋण दिन्छ ।
विदेशमा काम गर्दा सिकेको सीप, क्षमता र तपाईँको ज्ञानको आधारमा सरकारले दिने १० लाख रुपैयाँ सहुलियत ऋणका लागि पुस मसान्तसम्म निवेदन दिन बोर्डले सूचना जारी गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्षको बजेट भाषणमा विदेशबाट फर्किएकाको सीप प्रमाणिकरण गर्ने र १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराउने बताउनुभएको थियो । यसैअनुरुप यसवर्षका लागि ऋण लिन चाहनेले आउँदो पुस अन्तिमसम्ममा निवेदन दिन बोर्डले आग्रह गरेको हो ।
सहुलियत ऋणको लागि बोर्डको वेवसाइट www.fepb.gov.np बाट पनि फारम डाउनलोड गर्न सकिनेछ । निवेदन बोर्डको इमेल ठेगाना [email protected] मा पनि पठाउन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved