नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती

  • प्रकाशित मितिः मंसिर १२, २०७५
  • 1262 पटक पढिएको
  • समय अनलाइन

धनकुटा १२ मंसिर । सोमबार राती निधन हुनु भएकी नेपाली कांग्रेस धनकुटाकी नेतृ तथा चौविसे गाउपालिका वडा नं. ७ की निर्वाचित वडा सदस्य सन्तकुमारी लिम्बु(चेम्जोङ्ग)को मंगलबार धनकुटाको मुलघाट स्थित तमोरनदीमा चार तारे झण्डा ओढाई सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।

नेपाली कांग्रेस धनकुटको तर्फबाट नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्यद्धय तलित वहादुर चेम्जोङ्ग,दुर्गा वहादुर सुवेदी,जिल्ला सदस्य हर्कमान चेम्जोङ्ग,क्षेत्रिय सभापति जितेन्द्र राई,पूर्व जिल्ला सदस्य पदम राई,दिनेश भण्डारी,नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का उपाध्यक्ष गंगा ढुंगाना,नेपाल तरुण दलका नेता प्रेम मुकारुम राईले नेपाली कांग्रेस धनकुटकी नेतृ सन्त कुमारी लिम्बुको पार्थिव शरिरमा पार्टीको चार तारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिई सम्मान व्यक्त गरेपछि उहाको धनकुटाको मुलघाट स्थित तमोरनदीमा अन्त्यष्टि गरिएको हो ।

सो अवसरमा नेकपा धनकुटाका नेता तथा पूर्व सांसद टिकारम चेम्जोङ्ग,संघिय समाजवादी फोरम नेपाल धनकुटाका नेता कृृष्ण गोविन्द्र चेम्जोङ्ग, तत्कालिन मौनावुधुकका पूर्व गाविसका पूर्व अध्यक्ष मान वहादुर लिम्बु,धनकुटा जिल्ला समन्वय समितिका सदस्य सिता राई,चौविसे गाउपालिका वडा नं.३ का वडाध्यक्ष हेम चन्द्र(तुम्सा) लिम्बु,वडा नं. ४ का वडाध्यक्ष जिवन तामाङ्ग,वडा नं. ५ का वडाध्यक्ष पदम देवान,वडा नं.८का वडाध्यक्ष धन वहादुर लिम्बु,सागुरीगढी गाउपालिका वडा नं. २ का वडाध्यक्ष दल वहादुर इङ्गनाम,नेपाली कांग्रेस सागुरीगढीका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष दिपक मगर,आदिवासी जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई,चौविसेका समाजसेवी राजकुमारी तावली,बुधुक उच्च माविका प्रचार्य तिल विक्रम लिम्बु लगायतले स्वर्गीय लिम्बुको पार्थिव शरिरमा फुलमाला लगाई लिई अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

यसैगरी नेपाली कांग्रेस सागुरीगढी गाउपालिका निर्देशक तथा समन्वय समितिका सदस्य सचिव मणि चेम्जोङ्ग,नेपाल विति कर्मचारी संस्था धनकुटाका अध्यक्ष पूर्ण याम्फु,नेपाली कांग्रेस बोधेका सभापति मेख वहादुर थापा,बसन्तटारका सभापति नवराज राय,पूर्व सभापति बखत वहादुर भट्टराई,नेपाल शिक्षक संघ सागुरीगढी गाउपालिकाका अध्यक्ष कुल प्रसाद दाहाल,चौविसेगाउपालिका शिक्षक संघका डेगराज बन,नेपाल महिला संघका क्षेत्रिय कोषाध्यक्ष संगिता वराल,महिला मानव अधिकारकर्मी हिमा चेम्जोङ्ग लागायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु,आफन्तजन तथा मलामीजनले नेतृ स्वर्गीय सन्तकुमारी लिम्बुको पार्थिव शरिरमा फुलमाला तथा खादा लगाई दिई श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

स्वर्गीय नेतृ सन्तकुमारी लिम्बुको जिवनी नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का उपाध्यक्ष गंगा ढुंगानाले बाचन गर्नु भएको थियो ।२०१७ साल कार्तिक १७ गते जन्मनु भएकी नेपाली कांग्रेस धनकुटकी नेतृ सन्त कुमारी लिम्बु लामो समय देखी उच्च रत्तचापको उपचार गराईरहनु भएकोमा सोमबार राती करीव ७ बजे तिर उहाकै निवास चौविसे गाउपालिका वडा नं. ७ स्थित मौनावुधुकमा असामयिक निधन भएका थियो ।

विभिन्न समाजिक संघ संस्थाहरुमा नेतृत्वदायी भूमीका निर्वाह गर्दै आउनुभएकी नेतृ स्वर्गीय सन्तकुमारी लिम्बु एक कुशल संगठनकर्ता, अनुशासित,इमानदार र चौविसे क्षेत्रमा लोकप्रिय नेताको रुपमा रहनु भएकाले उहाँको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved